‘कसैले कल्पनासम्म नगरेको काम वर्तमान सरकारले गरेको छ’

 

बैशाख १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मजदुरको हकहितका लागि ऐतिहासिक काम गरेको दाबी गरेका छन् । 

१३० औं श्रमिक दिवसको अवसरमा नेकपा, कांग्रेससहितका ट्रेड युनियनद्वारा भृकुटीमण्डपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । 

null

कार्यक्रममा उनले भने, ‘कसैले नगरेको, नदेखेको र विगतका सरकारले कल्पनासम्म नगरेको काम वर्तमान सरकारले गरेको छ । श्रमिकलाई बाँच्न पुग्ने गरी न्यूनतम तलब तोकिएको छ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा योजना लागु गरेरै छोड्छ । मजदुरमाथि अन्याय हुन दिँदैनौँ ।’ 

उनले सरकारले एक वर्षमा सय दिनको रोजगार ग्यारेन्टी गरेको स्मरण गराउँदै रोजगार नपाए भत्ता दिने आँट सरकारले गरेको बताए । आफूले राम्रो काम गरिरहँदा पनि विरोध आएको भन्दै प्रतिपक्षिलाई लक्षित गर्दै ओलीले भने, ‘नेपालमा जायजलाई जायज भन्न नसक्ने मनोवृति छ, ठिक छ, वर्तमान सरकारले काम गरेन भने आलोचना गर्नुस् । तर म मजदुरको हकहितका सम्बन्धमा हामीले धेरै गरेका छौँ ।’ 

सरकार, रोजगारदाता र श्रमिकहरुबीच सुमधुर सम्बन्ध स्थापितका लागि सक्दो पहल गर्ने बताउँदै प्रधानमन्त्री ओलीले उद्यमीले आफ्नो लगानी सुरक्षित हुने गरी, र मजदुरले प्रशन्न मुद्रामा काम गर्नुपर्ने बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *