‘देशले जोगीको झोली भरिदियो’

 

जेठ १०, नयाँ दिल्ली । लोकसभा चुनावको नतिजा बिहीबार नै साफ भएको छ । भाजपा एक्लैले ३०० भन्दा ज्यादा सीट प्राप्त गरेको छ । 

एनडीएले साढे तीन सयको आँकडा छोएको छ । २०१४ को चुनावमा भाजपाको २८२ सिट मिलेको थियो । मोदीले एनडीएको जीतबारे भने, ‘देशले जोगीको थैलो भरिदियो ।’ 

null

राहुल गान्धीले भने, ‘जनता मालिक हुन्, र म जनादेशको सम्मान गर्छु ।’ उनले मोदी र भाजपालाई पनि बधाई दिए । 

अमेठीमा भाजपा उम्मेद्वार स्मृति ईरानीले राहुललाई ५५ हजार १२० भोटले हराएकी थिइन् । 

चुनावी जीतपछि भाजपा अध्यक्ष अमित शाहका साथ पार्टी कार्यालय पुगेकाा प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यकर्ताको सम्बोधन गरे । उनले भने, ‘देशले जोगीको थैलो भरिदियो । हामी कहिले दुई पनि भयौँ तर हामी आफ्नो मागबाट विचलित भएनौँ । आदर्शलाई ओझेलमा पर्न दिएनौँ । न राकियौँ, न थाक्यौँ, न झुक्यौँ । हामी फेरि आयौँ, तब पनि हामी आफ्नो आदर्श, नम्रता, विवेक र संस्कार छोड्ने छैनौँ ।’ 

मोदीले आफ्नो ट्वीटरबाट चौकिदार शब्द हटाएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘देशबासीले चौकीदार बनेर राष्ट्रका लागि ठूलो काम गरे । देशको जाति–सम्प्रदायकवाद र भ्रष्टाचारबाट सुरक्षित राख्नका लागि चौकीदार शब्द ताकतको रुपमा उभियो । अब चौकीदारको भावना अर्को पायदानमा लैजान जरुरी छ । यस भावनाको जीवित राख्नुहोस् र देशको प्रगतिका लागि काम गर्दै जानुहोस् । चौकीदार शब्द मेरो ट्वीटरबाट हटाइएको छ तर, हमेशा मेरै साथ रहनेछ । सबैलाई यसै गर्न अपिल गर्दछु ।’ 

भारतमा जारी १७ औं लोकसभा निर्वाचनको हालसम्मको मतगणनाले फेरि मोदी सरकार फर्किने पक्का पक्की भइसकेकाे छ । नेपाल लगायत विभिन्न देशका प्रधानमन्त्री तथा विभिन्न पार्टीका नेताहरूले माेदी भाजपालाई बधाइ समेत दिइसकेका छन् ।  

भारतको इतिहासमा पहिलो पटक बहुमतका साथ कुनै गैर–कांग्रेस दलको सत्ता फर्किन लागेको हो । भारतमा बहुमतका साथ लगातार दोस्रो पटक कुनै पार्टी सरकार बनाउने स्थितिमा आएको यो पहिलो पटक हो । 

लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) ले ३ सय ३ स्थान जित्ने देखिएको छ। 

भारतीय निर्वाचन आयोगले ५ सय ४२ मध्ये ५ सय १२ स्थानमा निर्वाचन परिणाम सार्वजनिक गरेको छ। जसमा भाजपाले २ सय ९० स्थानमा जीत हासिल गरेको छ भने १३ स्थानमा आग्रता कायम गरेको छ। 

जवाहरलाल नेहरुले लगातार ३ पटक र इन्दिरा गान्धीले लगातार दुई पटक कांग्रेसलाई पूर्ण बहुमत दिलाएर सरकार बनाएका थिए । 

नेहरुले १९५२, १९५७ र १९६२ को चुनाव जितेका थिए । त्यस्तै इन्दिरा गान्धीले १९६७ र १९७१ को चुनाव पूर्ण बहुमतका साथ जितेकी थिइन् । मोदीले अब इन्दिरा गान्धीको बराबरी गरेका छन् । २०१४ मा उनको नेतृत्वको भाजपाले २८२ सीटमा जितेको थियो । यस पटक पनि २८० भन्दा बढी सिट जित्दै छन् । 

भारतको भीलवाडामा भाजपा उम्मेद्वार सुभाषचन्द्र बहेरिया राज्यमा सबैभन्दा धेरै ६ लाख १० हजार भोटले अघि छन् । त्यस्तै राजस्थानको २५ मध्ये २३ सिटमा भाजपा उम्मेद्वार एक लाख बढी भोटले अघि छन् । 

वाराणसीबाट प्रधानमन्त्री नरेन्द्र मोदीले २ लाख ५३ हजार ४५० ले अग्रता लिएका छन् भने अमेठीमा स्मृति इरानी ८ हजार १४० भोटले अघि छिन् । 

भारतमा अप्रिल ११ देखि विभिन्न सात चरणमा ५४२ सिटका लागि सम्पन्न भएको निर्वाचनको मतगणना बिहीबारबाट सुरु भएको हो । भारतीय तल्लो सदन लोकसभामा ५४३ सिट छन्। यसका लागि ८ हजार ४० उम्मेदवार मैदानमा थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *