‘अहिलेको सरकार राजा महेन्द्र भन्दापनि निरंकुश भयो’ डा. कोइराला

बैशाख २०, काठमाडौं । साईबर क्राइम सम्बन्धी कानुनको दुरुपयोग गरेर सरकारले सञ्चार क्षेत्रलाई तर्साउन खोजेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । 

 

कोइरालाले सञ्चार सम्बन्धी कानुन निर्माणमा सरकारले सरोकारवालासँग छलफल नै नगरेर प्रेस जगतलाई अपमान गरेको समेत जिकिर गरे । 

null

नेपाल प्रेस युनियन काभ्रेको छैठौं अधिवेशनको बनेपामा उद्घाटन गर्दै डा. कोइरालाले भने ‘प्रेस स्वतन्त्रताको कुरा गर्ने सरकार आफैं प्रेस जगत माथि अंकुश लगाउन उद्यत छ । सञ्चारकर्मीलाई अदालतले रिहाई गर्छ, अदालत परिसरमै पत्रकारलाई पक्राउ गरिन्छ । यो भन्दा निरंकुशता के हुन्छ ?’ 

डा. कोइरालाले स्वतन्त्र प्रेस र सञ्चारका सम्बन्धमा अहिलेको सरकार राजा महेन्द्र भन्दा पनि निरंकुश देखिएको बताउँदै प्रेसले स्वतन्त्ररुपले काम गर्न नपाए समग्र राजनीतिक प्रक्रिया नै कमजोर हुने धारणा राखे । 

साथै उनले बिश्वका अधिनायकबादीहरुले आफ्नो आलोचना गर्ने सञ्चार माध्यमलाई ‘फेक मिडीया’ को आरोप लगाउँदै आएको उदाहरण प्रस्तुत गर्दै अहिलेको सरकार पनी त्यही बाटोमा लागेको दावि गरे । 

‘संसारभरका अभिनायवादीहरुले आफ्नो आलोचना गर्ने मिडियालाई ‘फेक मिडिया’ भनेर दुष्प्रचार गर्ने गर्छन्, बर्तमान सरकार पनि त्यही बाटोमा हिँडिरहेको छ ।’ डा. कोइरालाले भने । 

पछिल्ला दिनमा राजनीतिक दलहरु र मिडियाहरुले बिश्वसनियता गुमाएको बताउँदै उनले सञ्चारकर्मीहरुलाई जिम्मेवार बन्न आग्रह समेत गरे । 

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य शिब हुमागाँई, काभ्रे कांग्रेस सभापति मधु आचार्य, पुर्वराज्यमन्त्री कंचनचन्द्र बादे, पुर्व सांसद डा. शोभाकर पराजुली लगायतले बोलेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *