बिरोध जनाउँदै पत्रकार कालोपट्टी बाँधी कार्यक्षेत्रमा

 

जेठ १, विराटनगर । बुधबार मोरङमा पत्रकारहरु हातमा कालो पट्टी बाँधेर कार्यक्षेत्रमा संलग्न भएका छन् । 

उनीहरुले संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रावधानको विरोध गदैँ हातमा कालो पट्टी बाँधेका हुन् । 

null

उक्त विधेयक मन्त्री परिषद्को बैठकबाट पारित भई वैशाख २६ गते संसदमा दर्ता भएको हो। नेपाल पत्रकार महासंघले विधेयकको प्रावधानको विरोध गदैँ आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। 

कानुन बनाउने नाममा पत्रकारको घाँटीमा खतरनाक तरवार झुन्ड्याउन लागेको  नेपाल पत्रकार महासंघ प्रदेश एकका महासचिव विवेक गौतमले सरकारलाई आरोप लगाएका छन् । 

प्रेस युनियन मोरङका सभापति कुमार लुइटेलले कार्यक्रममा विधेयक सच्चाउनुपर्ने बताएका छन् । उनले भने, “यस विधेयक कानुन भएर प्रस्तुत हुदाँ पत्रकारको काम प्रभावित हुनेछ। समाचार डर र त्रासकाबीचमा लेख्नुपर्ने हुदाँ स्वतन्त्र पत्रकारिता गुम्ने भय रहनेछ। स्वतन्त्र पत्रकारितामाथि अंकुश लाग्नेछ।” 

सरकारले प्रेस स्वतन्त्रतालाई संकुचित पार्नेगरी कानुन बनाउन खोजेको भन्दै देशभरका पत्रकारले आन्दोलन सुरुगरेपछी मोरङका पत्रकार पनी आन्दोलनमा उत्रेका हुन् 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *