टिपरको ठक्करबाट चितवनमा एकको मृत्यु

वैशाख १८ काठमाडौं । चितवनमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइलमा यात्रारत अर्की एक महिला गम्भीर घाइते भएकी छिन् । 

 

चौबिस कोठीबाट लिंकु बजारतर्फ जाँदै गरेको ना ७ ख २२६९ नं. को टिपरले विपरीत दिशाबाट आएको ना १८ प १००१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी दिएका छन् । 

null

उक्त दुर्घटनामा ५२ वर्षीय मोटरसाइकल चालक धर्मराज अधिकारीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार उनकी पत्नी ४५ वर्षीया कमला अधिकारीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

टिपरले अधिकारी दम्पतीलाई हिजो बिहान करिब आठ बजेतिर ठक्कर दिएको थियो । ठक्कर दिने टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघी बढाईएको प्रहरीले जानकारी दिएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *