२ सय २४ वकिलको दरबन्दी थप गर्न माग
मकालु खबर
२०७६ जेठ १ गते
महान्यायाधिवक्ता अग्नी खरेल
बैशाख ३१, काठमाडौं । महान्यायाधिवक्ता अग्नी खरेलले तत्काल वकिलको दरबन्दी थप गर्न सरकारसँग माग गरेका छन् ।
null
मुद्दाको चाप बढेको भन्दै महान्यायाधिवक्ता खरेलले तत्काल १ सय २७ जना सरकारी वकिलसहित २ सय २४ जनाको दरबन्दी थप गर्न माग गरेका हुन् ।
विगत ५ वर्षयता सरकारी वकीलसामु ६५ प्रतिशत मुद्दाको बोझ थपिएको स्पष्ट पार्दै उनले भने, ‘सरकारी वकिलहरुको कार्य बोझमा वृद्धि भएको छ । महान्यायाधिवक्ताको कार्यालय र मातहतका कार्यालयमा रहेको ४ सय ४० सरकारी वकिलसहित १५०४ जनाको दरबन्दीमा जनशक्ति नथप्ने हो भने वकीलहरुले कार्यसम्पादन गर्न मुश्किल छ ।’
यसैगरी उनले हिरासत र कारगारको क्षमता विस्तार र स्तरोन्नतिको काम गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।
मकालु खबर
२०७६ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित