वैदेशिक रोजगार व्यवसायी भन्छन्– यी ७ माग पुरा नभए आन्दोलन गर्छौँ

 

बैशाख २३, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ७ बुँदे मागपत्र अघि सार्दै माग पुरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । 

म्यानपावर व्यवसायीहरुले राख्ने धरौटी रकमको ब्याज पाउने व्यवस्था गर्नुपर्ने लगायतका ७ बुँदे माग अघि सारिएको जानकारी गराउँदै संघका अध्यक्ष रोहन गुरुङले माग पुरा नभए चरणबद्ध विरोध कार्यक्रम गर्ने जानकारी दिए । 

null

सरकारले ल्याएको वैदेशिक रोजगार नीतिमा थप कुराहरु परिमार्जन गर्न आवश्यक रहेको वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघको भनाइ छ । 

१. म्यानपावर व्यवसायीहरुले राख्ने धरौटी रकमको ब्याज पाउने गरी व्यवस्था गर्नुपर्ने। 

२. बैंक ग्यारेन्टी ठूला, मझौला र साना सबै व्यवसायीहरुलाई राहत पुग्ने गरी व्यवस्था गर्नुपर्ने। 

३. मर्जर हुने अवस्थाका म्यानपावर कम्पनीहरुलाई सरकारले उचित सुविधा उपलब्ध गराउनुपर्ने। 

४. मलेसियामा रोजगारी सुचारु गर्ने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचिकृत भएका मेडिकल सेन्टरबाट स्वास्थ्य परीक्षण गर्नेगरी नयाँ कामदार भर्ना प्रकृया छिटो सुरु गर्नुपर्ने। 

५. मागपत्र दूतावासबाट सिफारिस गर्दा केही दूतावासका केही कर्मचारीबाट भइरहेको अनियमितता सरकारले बन्द गर्नुपर्ने र रोजगारदाता कम्पनीका प्रतिनिधि बारम्बार दूतावास पुग्नुपर्ने अवस्थालाई परिवर्तन गरी सहज र चुस्त तरिकाले अनलाइन प्रणालीकोे व्यवस्था गर्नुपर्ने। 

६. गन्तव्य मुलुकमा कामदारलाई पठाउँदा लाग्ने सेवा शुल्क दक्षिण एसियाका मुलुकहरुको व्यवस्थाअनुसार व्यवहारिक हुनुपर्ने साथै कामदारहरुले गन्तव्य मुलुकमा पुगेर भनेको काम, तलब तथा सेवा सुविधा पाउँदा(पाउँदै पनि करार अवधि नपुगि फर्किने क्रम बढ्दै गएकाले यस्तो अवस्थामा फर्किएका कामदारहरुले सम्पूर्ण लागत आफैँ बेहोर्नुपर्ने व्यवस्था हुनुपर्ने। 

७. वैदेशिक रोजगार व्यवसायी संघको स्थगित निर्वाचन मिति तयसम्बन्धी सुझाव उपलब्ध गराउनु पर्ने। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *