सभापति माथि नेताहरुको आक्रोश: कहाँ र कसलाई गर्ने जागरण ?

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी जिल्ला सभापतिहरुले अब महाधिवेशनका लागि हस्ताक्षर संङ्कलन अभियान चलाउनु पर्ने बताएका छन् । नेपाल महिला संघ मोरङ्ले विराटनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै डा. कोइराला हामी सरकारमा अनुशासन छैन भनेर आलोचना गर्छौं तर अनुशासनको कसीमा पहिले आफूलाई हेरौं भन्ने आग्रह गर्दै कार्यक्रमको हल खालि हुनु अनुशासनको कमी भएको बताए । 

 ‘हामी सरकारले संविधान उल्लङ्घन गर्यो भन्छौँ तर, के नेपाली कांङ्ग्रेस पार्टी चाहिँ आफ्नो विधानअनुसार चलेको छ ? हामी आफूलाई लोकतान्त्रिक भन्छौं तर आचरण, व्यवहार र संस्कार पनि लोकतान्त्रिक हुनु जरुरी छ । के अहिलेको अवस्था ल्याउन नेपाली काङ्ग्रेस जिम्मेवार छैन ?’ उनले भने । 

 

null

डा. कोइरालाले महासमितिको निर्णयलाई अटेर गरेर काङ्ग्रेस नेतृत्वले विधिको शासन नमानेको भन्दै उनले यस्तो नेतृत्वले प्रधानमन्त्री ओलीलाई कुन नैतिक बलले पाठ सिकाइरहेका छन् भन्ने टिप्पणी समेत गरे । 

‘पार्टी नेतृत्वलाई दबाब नपरेसम्म महाधिवेशन हुँदैन र महाधिवेशन भएन भने नेपाली काङ्ग्रेस अझ कमजोर हुन्छ’, शेखरले भने, ‘जागरण अभियानका क्रममा म काभ्रेमा खटिएको छु । तर, काभ्रेमा कुनै गाउँपालिकामा हाम्रो सङ्गठन छैन, कहाँ र कसलाई गर्ने जागरण ?त्यसैले यो जागरण पनि महाधिवेशन सार्ने एउटा बहाना हो भन्ने मलाई लागेको छ ।’ डा. कोइरालाले भने । 

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व पुर्ण रुपमा असफल भएको बताउँदै पार्टी एकताको लागी आफु बाधक नबन्ने बताए । त्यस्तै, महामन्त्री शशांक कोइरालाले महिलालाई ५० प्रतिशत आरक्षण दिनुपर्ने बताएका थिए । पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महासमितिको निर्णय ल्याएर नेतृत्वले गल्ती गरेको बताए । केन्द्रिय सदस्य डा. रामशरण महतले बहुमतको दम्भ नदेखाउन सभापतिलाई चेतावनी समेत दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *