‘देश बनाउने सपना मैँले जागै हुँदा देखेको हुँ, निदाएका बेला होइन’

 

बैशाख २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको सम्बोधनमा भुलचुकले नभइ जानीबुझी नै मेरो सरकार राखिएको स्पष्टिकरण दिएका छन् । 

मंगलबार आगामी वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्रीले जानीबुझी नै मेरो सरकार राखिएको स्पष्टिकरण दिएका हुन् । 

null

‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको सम्बोधनमा प्रस्तुत गरिएको ‘मेरो सरकार’ सही छ । यसमा टिप्पणी गर्नु ‘खन्यो पहाड, निस्क्यो मुसो’ जस्तो भयो । राजा र महाराजाले मेरो भन्न हुने तर जनताले चुनेको व्यक्तिले अपनत्व लिन नहुने भन्ने हुँदैन।’ 

प्रम ओलीले प्रतिपक्षीलाई पनि ‘मेरो सरकार’ भन्न सुझाव दिए । दुनियाँभरिको अभ्यास ‘मेरो सरकार’ रहेको बताउँदै अघिल्लो वर्ष नमिलेको कुरामा यस वर्ष मिलाएको स्पष्ट पारे । 

यस्तै उनले कृषि क्षेत्रमा पनि अतुलनीय विकास भएको बताए । उनले भने, ‘कृषिमा विकास भएको छ । हुन त साथीहरुले पानी परेर भन्नुहुन्छ । तर समग्र कृषि क्षेत्रमा ६ प्रतिशतले बढ्ने, धान ९ प्रतिशतले बढ्ने कुरा पानी परेरै मात्र हुन्छ त ? यस वर्ष मात्रै पानी परेको त होइन होला । धान त पानी परेर बढ्यो, अरु चैँ कसरी बढ्यो ? सब्जी कसरी बढ्यो, फलफुल कसरी बढ्यो ? पानी नै परेर बढेको हो सबै ? त्यसो भए त खेती गर्नै परेन नि, पानी परी हाल्छ, बढी हाल्छ । यो यस्तो होइन, योजनाबद्ध रुपमा गरिएका प्रयासहरुले गर्दा भएको हो ।’ 

आफूले सांसदहरुको संशोधन प्रस्ताव हेरेको तर संशोधन गर्न योग्य सुझाव नभेटेको उनको भनाइ छ। प्रधानमन्त्री ओलीले भने, ‘मैले संशोधन प्रस्ताव हेरेँ । ध्यान दिनुपर्ने खालको सुझाव र संशोधन छन् कि भन्ने लागेको थियो। तर, आलोचना योग्य ठाउँ नै रहेनछ ।’ 

राति देखिने सपनालाई मात्रै सपना नठान्न आग्रह गर्दै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले सांसदहरुलाई भने, ‘हामीले नीति तथा कार्यक्रममार्फत् सपना प्रस्तुत गर्दा माननीयज्यूलाई अचम्म लागेको छ। उहाँहरुलाई सपना भनेका राति मात्रै देखिने कुरा हो भन्ने लागेको रहेछ। मैँले देश बनाउने सपनाका कुरा निदाएका बेला देखेको होइन । जागै हुँदा देखेको सपना हो ।’ 

यस्तै प्रम ओलीले औधोगिक तथा आर्थिक क्षेत्रको पनि समग्र विकास कार्य अघि बढाइएको बताए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *