खैरहनी–११ मा ५ करोडको कालोपत्रे हुँदै

 

बैशाख २७, चितवन । चितवनको खैरहनी नगरपालिका–११ मा पूर्वाधार निर्माणले गति लिएको छ । सो वडामा चालु आर्थिक वर्षमा करिब ५ करोड बराबरको कालोपत्रे हुँदैछ । 

संघबाट विनियोजित ४ करोड र प्रदेशबाट विनियोजित १ करोड रुपैयाँ बराबरको कालोपत्रे हुन लागेको खैरहनी ११ का वडाध्यक्ष हाकिमसिंह उप्रेतीले जानकारी दिए । 

null

सौराहा लोथर पर्यटन मार्गका लागिमात्रै ४ करोड छुट्टयाइएको छ । प्रतिनिधी सभा सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको पहलमा ४ करोड विनियोजन भएको हो । जुन रकमले ११ नम्बर वडाको गैंडाचोकदेखि पश्चिमतर्फ १२ नम्बर सिमनालाई जोड्ने छ । 

 

प्रदेश सरकारले भने गैंडाचोकदेखि राप्ती ड्याक तथा मंगलचोकदेखि समीचोकसम्म १ करोड रकम विनियोजन गरेको वडाध्यक्ष उप्रेतीले बताए । 

गैडाचोकदेखि राप्ती ड्याक सम्म विनियोजित रकमबाट निर्माण हुन लागेको कालोपत्रेको शुक्रबार एक कार्यक्रमकाबीच प्रदेश सांसद भावना उप्रेतीले शिलान्यास गरिन् । सो अवसरमा सांसद उप्रेतीले विकास निर्माणका लागि मानसिकताको विकास गर्नुपर्नेमा जोड दिइन् । 

विकास र समृद्धि वर्तमान सरकारको एजेण्डा भएकाले स्थानीय, प्रदेश, संघ सरकारले विनियोजन गरेको बजेटले पारदर्शी रुपमा काम गर्नुपर्ने उनले बताइन् । 

प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँ र उपभोक्ता सहभागीताबाट संकलन भएको बजेटले ६ सय ६९ मिटर बाटो कालोपत्रे गरिने उपभोक्ता समिति अध्यक्ष रामबहादुर राना मगरले जानकारी दिए । जसमा उपभोक्ताको ११ लाख ८६ हजार रुपैयाँ सहभागीता रहने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *