रत्ननगर–१५ पनि बन्यो बालमैत्री वडा

 

बैशाख २७, चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १५ लाई शुक्रबार बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको छ । 

जनप्रतिनिधि, वडाभित्र रहेका राजनीतिक दल, टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरु, विद्यार्थी, शिक्षकहरुको सहभागितामा तामझामका साथ सो वडालाई बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको हो । 

null

माधवपुर माविमा आयोजित एक भव्य समारोहकाबीच प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वडालाई बालमैत्री तथा बालश्रम मुक्त भएको घोषणा गरेका हुन् । 

कार्यक्रममा पाण्डेले वडाध्यक्ष हुमनाथ लामिछानेलाई वडा घोषणा भएको प्रमाणपत्र समेत हस्तान्तरण गरेका थिए । बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गर्नुपूर्व गर्नुपर्ने सबै सुचक अनुसार काम गरेर सो वडालाई औपचारिक रुपमा बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको वडाध्यक्ष लामिछानेले बताए । 

कार्यक्रममा वडाध्यक्ष लामिछानेले श्रमिक बालबालिकालाई श्रमबाट मुक्त गरी परिवारमा पुर्नमिलन, उनीहलाई शिक्षा तथा सीप मुलक तालिम, बालकोष स्थापना, बाल उद्यान निर्माण, बालक्लब गठन, बालबालिकाको जन्मदर्ता, वडा भित्रका सबै बालबालिका विद्यालयको पहुँचमा रहेको सुनिश्चितता र बाल विवाह नरहेको सुनिश्चित गरिएको बताए । सो अवसरमा नेता पाण्डेले शिक्षामा गरेको लगानी खेर नजाने पनि स्पष्ट पारे । 

यसैगरी रत्ननगर नगरपालिकाका मेयर नारायण वनले नगरपालिकाले लिएको लक्ष्य अनुसार एक बर्षभित्र रत्ननगरलाई बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गर्ने बताए । उनले सोही अनुुसार काम गर्न सेवा प्रदायक संस्था र सकरात्मक भूमिका खेल्न वडाध्यक्ष सहित जनप्रतिनिधिलाई आग्रह समेत गरे । 

बालश्रम न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले श्रमिक बालबालिकालाई श्रमबाट मुक्त गरी शिक्षा प्रदान गर्ने काम भइरहेको जानकारी गराए । उनले नगरपालिकाले लिएको लक्ष्य प्राप्तीका लागि जनप्रतिनिधिको सहयोग आवश्यक रहेको औंल्याए । 

कार्यक्रममा प्रदेश सभा सांसदहरु कृष्णप्रसाद खनाल, कञ्चन खनाल, रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी, जिल्ला समन्वय समितिकी सदस्य लीलादेबी पोखरेल, वडाध्यक्षहरु तिलकराज शर्मा,हेमराज थापा,नगर प्रबक्ता राजेन्द्र हमाल लगायतको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *