अर्घाखाँचीमा बस दुर्घटना: २५ जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं, ८ जेठ । अर्घाखाँचीको भुवनपाटामा मंगलबार साँझ यात्रुबहाक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये तीनको अबस्था गम्भीर छ । सुपादेउराली मन्दिर दर्शन गरेर बुटवल तर्फ आउँदै गरेको लु १ ख ७९४१ नम्बरको बस गोरूसिङ्गे(सन्धिखर्क सडक खण्डको भुवनपाटाको पुलमा दुर्घटना भएको हो । 

घाइते ९ जनालाई थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । बस पुलमाथि आउँदा एक्कासी ब्रेक फेल भई अनियन्त्रित भएपनि बस चालकले सडकको भित्तामा बस ठोक्काएर ठूलो दुर्घटना हुनबाट जोगाएको बसका यात्रुले बताएका छन् । पुल करिब सितखोलाबाट ४ सय मिटर अग्लो पहाडको खोचमा छ । चालक सिपालु र चनाखो भएर मात्र बाच्न सकियो नत्र सिधै खोलामा बस खसेर सदाको लागि संसारबाट बिदा हुने यात्रुहरु बताउँछन् । 

घाइते हुनेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका १९ का १९ वर्षीया अम्रिता थारू, सोही ठाँउका १२ वर्षीय साझा थारू, २० वर्षीय सिल्फा थारू, ६० वर्षीय जनम तुलारी, रूपन्देही मोतिपुर १९ का ८ वर्षीय अजय थारू, रूपन्देही सैनामैना ९ का २२ वर्षीया प्रदिप कुँवर, रूपन्देही मोतिपुर १७ का ३८ वर्षीया तारा प्रसाद थारू, ३० वर्षीया मन्जु थारू र बुटवल उपमहानगरपालिका १३ का ३१ वर्षीय कृष्ण बहादुर थापालाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज भैरहवा पठाईएको छ । 

null

सामान्य घाइते १६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्राथमिक उपचार भैरहेको छ । बसका चालक र सहचालक दुबै घाइते छन् । सहचालकको अवस्था गम्भीर छ । तराईमा मात्रै बस चलाइरहेको चालक पहाडी बाटोमा अनुभवको कमीले दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *