जापानका नयाँ राजा नरुहितोको राज्यभिषेक

वैशाख १८, काठमाडौं । जापानका नरुहितोले राज्यभिषेक ग्रहण गरेका छन् । उनलाई गएराती यो भन्दा अगाडीका राजा उनका बुवा अकिहितोले औपाचारिक रुपमा राज्यको उत्तराधिकारी बनाएका हुन् । 

 

अकिहितोले सन् १९८९ देखि  राजगद्दी समाल्दै आईरहेका थिए ।  राजगद्दी  समालेकाे ३० वर्ष पछि मंगलबार औपाचारिक रुपमा  पद त्यागेको घोषणा गरेका थिए । आफू वृद्ध हुँदै गएको र स्वास्थ्यमा पनि समस्या आएकाले जापानी जनताको हित र समृद्धिका लागि आफुले गद्दी त्यागेको बताएका छन् । 

null

नरुहितोलाई जापानको शाही खजाना पनि दिइएको थियो । यस खजानालाई वीरताको साथै पराक्रमको प्रतीकका रूपमा लिने गरिन्छ । 

 

नरुहितोले राज्यभिषेक सम्हालेपछि जापानमा ‘रेवा’ अर्थात् ‘नयाँ युग’ सुरु भएको बताइन्छ । नयाँ राजा पाएको खुसियालीमा जापानमा २२ अक्टुबरसम्म विभिन्न सभा समारोह जस्ता कार्यक्रम भइरहने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । 

५९ वर्षीय नरुहितोसामु आफ्नो राजसंस्थाको विरासत जोगाउने चुनौतीका साथै जापानलाई अझ विकाशील राष्ट्रमा लैजाने मुख्य उद्देश्य हुनेछ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *