नोबेलका प्रबन्ध निर्देशक इन्दिरा शर्मा सम्मानित

 

जेठ ७, विराटनगर । स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मालाई सम्मान गरिएको छ । सुनसरीको दुहवी स्थित फरवार्ड कम्यूनिटि माईक्रो फाइनान्स वित्तिय संस्था लिमिटेडले छैठौँ वार्षिकोत्सवको अवसर पारेर प्रबन्ध निर्देशक शर्मालाई सम्मान गरेको हो । 

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले फुलमाला लगाएर सम्मानपत्र प्रदान गरी शर्मालाई सम्मानित गरेका हुन् । नोबेलमा विपन्न बिरामीलाई दैनिक करिव ५ लाख बराबरको निःशुल्क उपचार गरिदै आएको छ । त्यस्तै पैसा नभएकै कारण गुणस्तरीय शिक्षाबाट बन्चित सयौं बिद्यार्थीलाई निःशुल्क चिकित्सा शिक्षा पढाईंदै आएको छ । 

null

हजारौं असहाय र विपन्न बिरामीलाई निःशुल्क उपचार गराउनुका साथै गरिव तथा जेहन्दार विद्यार्थीलाई निःशुल्क अध्ययन गराएर स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएकाले शर्मालाई सम्मान गरिएको सस्थाका अध्यक्ष भगवती चौधरीको भनाई छ । विभिन्न क्षेत्रमा योगदान पुर्याउने अन्य व्यक्तिलाई पनि सोहि अवसरमा सम्मान गरिएको थियो । 

सोही कार्यक्रममा फरवार्डका उत्कृष्ठ ३ शाखा कार्यालय र २८ कर्मचारीलाई पुरस्कृत गरिएको थियो । फरवार्डले ३७ जिल्लामा १२१ शाखा स्थापना गरी लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *