गर्भवती महिलाले यी खानेकुरा खाँदा गर्भ तुहिन सक्ने
जेठ ८ । एउटा महिला गर्भवती हुनु भनेको आमा बन्न लाग्नु हो । जब एउटा महिला विवाहपछी आमा बनछिन् तव उनको जिवन पूर्ण हुन्छ । एउटा महिलाले जव गर्भधारण गर्छिन् उनले आफ्नो स्वास्थ्यबारे धेरै कुुरामा ध्यान राख्नुपर्ने हुन्छ ।
एउटा महिलाले अरुबेला भन्दा गर्भवतीको समयमा खाने कुरामा विशेष ध्यान दिनु पर्ने हुन्छ । यसबेला ताजा र पोसिलो खानेकुरा खानु पर्दछ तर केही खाने कुरा ताजा र पोसिलो हुँदा पनी ती खानेकुरा गर्भवस्थामा खान नहुने हुन्छ । यदी ती खाने कुरा खाएमा बच्चा तुहिने या फेरी एउटा स्वास्थ्य बच्चा जन्म नहुने हुन्छ । गर्भवस्थाको बेला कुन खानेकुरा खान हुँदैन केही खानेकुराको बारेमा तल बताईएको छ ।
null
– गर्भवती आमाले भुइँकटरको पनि सेवन गर्नु हुँदैन । यसमा ब्रोमेलिन भन्ने तत्व हुन्छ । जसले गर्भवती आमाको स्वास्थ्यलाई फाइदाभन्दा बढी हानि पुर्याउँछ ।
– नेपालमा चाइनिज खाना निकै प्रचलित छ । तर, यसमा सोडियम ग्लुटामेट तत्व हुन्छ । यस्तो खाँदा गर्भ तुहिने खतरा पनि बढ्दै जान्छ ।
– तितेकरेला स्वस्थकर मानिन्छ । तर, गर्भवती महिलालाई भने करेला विष पनि साबित हुन सक्छ । तितेकरेला खानाले पेटमा भएको शिशुलाई मात्र हानि पुर्याउँदैन कि गर्भ तुहिने खतरासमेत हुन सक्छ ।
– गर्भवती आमाले मेवा पनि खानु हुँदैन । अत्यधिक मात्रामा मेवाको प्रयोगले पनि गर्भ तुहिन सक्छ।