माइक्रोसँग ठोक्किएर उछिट्टिएको २ व्यक्तिलाई ट्रकले किच्दा मृत्यु

वैशाख १८, काठमाडौं ।  धादिङमा आज दिउँसो भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । 

 

काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा४ख ५१०३ नम्बरको माइक्रो र गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइल एक आपसमा ठोक्किएर उछिट्टिँदा सोही दिशाबाट आउँदै गरेको ट्रकको चक्कामा पर्दा मोटरसाइकल चालक सहित सोही मोटरसाइकलमा बसेका अर्का एक व्यक्तिको मृत्यु भएका हो 

null

काठमाडौं चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधाराका २९ वर्षीय राज महर्जन र सोही ठाउँका ३० वर्षीय कवि कुमार महर्जनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी प्रमुख नवराज ढुंगेलले जानकारी दिए । 

धादिङ घर भएका वर्ष ३५ का ट्रक चालक राजु अर्याल र नवलपरासी अरुणखोला नगरपालिका–१३ बस्ने वर्ष ३७ का माइक्रो चालक धनबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरी उनीहरुमाथी थप अनसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *