धर्तीको स्वर्गः मुस्ताङ (फोटो फिचर)

बैशाख २५, काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङलाई धर्तीकै स्वर्गका रुपमा वर्णन गरिन्छ । प्राकृतिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक ऐतिहासिकताले मुस्ताङलाई धनी बनाएको छ ।  

 

विकासका दृष्टिकोणले सरकारको नगरमा पर्न नसकेको मुस्ताङको सौन्दर्य अवलोकन गर्न वर्षेनी लाखौं आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । 

null

हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ र कागवेनी यहाँका पौराणीक तथा धार्मिक केन्द्र हुन् । हिन्दु धर्म संस्कार अनुसार पितृमुक्तिको लागि कागवेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरे पितृहरुले मोक्ष प्राप्त गर्ने धार्मिक आस्था रहिआएको छ । 

चारैतिर हिमाल, नाङगा डाँडा, हरेक पल चिसो हावा यहाँको विषेशता हो । 

 

दशैं तिहार पछि चैत्र बैशाखसम्म मुस्ताङ भ्रमणमा जान सकिन्छ । भौगोलिक विकटताले वर्षायाममा मुस्ताङ भ्रमण गर्न सकिन्न । हवाइ उडानबाट पनि कमै जान सकिने भएकोले मौसमको अनुकुलता हेरेर मुस्ताङ भ्रमण गर्न सकिन्छ । 

गाडीबाट मुस्ताङ जानका लागि काठमाडौंबाट पोखरा हुँदै म्याग्दी भएर मुस्ताङ जान सकिन्छ । हवाई उडानबाट जाने हो भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मुस्ताङको सदरमुकाम जोमसोम सम्म हवाई उडान छ । 

 

 

 

 

  

 

 

 

 

 

  

 

 

  

 

  

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *