आफ्नी अंगरक्षकसँग थाइल्याण्डका राजाले गरे विवाह

एजेन्सी । थाइल्याण्डका राजा वजिरालंगकर्नले बुधबार उनको व्यक्तिगत सुरक्षा टिमकी उपप्रमुख सुथिदा टिदजाईसँग विवाह गरेका छन् । विवाह लगतै टिदजाईलाई रानीको पदावी दिइएको छ । राज्यभिषेकको तीन दिन अघि भएको विवाहको घोषणाबाट धेरै आश्चर्यमा परेका छन् । विवाह राजपत्रमार्फत घोषणा गरिएको थियो । 

 

बुधबार भएको विवाह समारोहको फुटेज सबै थाई टीभी च्यानलमा बेलुकीपख प्रशारण हुने दरबार खण्डमा देखाइएको थियो । ६६ वर्षे वजिरालंगकर्न थाइल्याण्डमा निक्कै लोकप्रिय रहेका उनका पिता राजा भूमिवोल अदुलयादेजको मृत्युपछि राजा भएका हुन् । ७० वर्षसम्म राजा भएका भूमिवोलको सन् २०१६ अक्टोबरमा मृत्यु भएको थियो । 

null

 

राजाको कामकाज गरिरहे पनि वजिरालंगकर्नको अझै राज्यभिषेक भएको छैन । पूर्व राजाको मृत्युको शोक अवधि चलिरहेकाले यो अवधिमा सुभकाम नगरिहएको हो । शनिवारबाट उनको राज्यभिषेक समारोह सुरु हुने समयतालिका छ । सोही समारोहलाई मध्यनजर गरेर उनले विवाह गरेको विश्वास गरिएको छ । थाइल्याण्डमा राज्यभिषेकको क्रममा बौद्ध र ब्रामण्डबाट विशेष पुजा हुने गर्छ । 

 

त्यसको भोलिपल्ट राजधानी बैंककमा राजा रानी सहितको राज्यभिषेक यात्रा हुन्छ । सन् २०१४ मा वजिरालंगकर्नले सुथिदालाई उनको अंगरक्षक टिमको उप–कमाण्डका रुपमा चुनेका थिए । सुथिदा थाई एअरलाइनको पूर्व–फ्लाइट एटेन्डेन्ट हुन् । केही शाही विश्लेषक तथा विदेशी मिडियाले पहिले नै सुथिदा र राजाबीच सम्बन्ध रहेको चर्चा गरेको थिए । 

 

तर थाई दरबारले यसबारेमा कहिले पनि केही बताएन । राजा भइसकेपछि वजिरालंगकर्नले सुथदालाई जनरल बनाएका थिए । साथै उनलाई शाही पदावी ‘थन्पुयीङ’ पनि प्रदान गरिएको थियो । वजिरालंगकर्नमा विगतमा तीन पटक विवाह भएको थियो । तर सबै विवाह डिभोर्समा टुगिंएको थियो । विगतका सम्बन्धबाट उनका सात सन्तान छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *