एसपीलाई च्यापेर लुट धन्दा मच्चाउने डिएसपी गुरुङलाई कारबाही होला ?

जेठ १६, काठमाडौं । नेपाल प्रहरीमा एसपीलाई नमस्ते टोलीका भन्दै एक डिएसपीले कास्की जिल्ला अर्थात पोखरामा आन, मान, सम्मान र आर्थिक उपार्जन गरेको खुलासा भएको छ । पर्यटकीय नगरि पोखरामा जन्मे हुर्केर प्रहरी सेवाको प्रहरी निरिक्षकमा जागिर खाएपछि उनको आर्थिक हैसियत ह्वात्तै बढेको हो । ती हुन् नेपाल प्रहरीका डिएसपी रविन्द्र गुरुङ । 

उनको कास्की पोखरामा उत्पातै चर्चा छ । डिएसपी गुरुङको सम्बन्ध होटल, रेष्टुरेन्टदेखी डनहरुसँग पनि उत्तिकै छ । पोखराका चर्चित डनहरुले आफुले जे भन्यो त्यही मान्ने भन्दै सानातिनालाई तर्साउने गरेको उनको कहानी निकै लामो र रोचक छ । 

 

null

प्रहरी सेवामा प्रवेशसँगै लामो समय पोखरामै बसेर सम्पती जोहो गर्न सफल भएका डिएसपी रविन्द्र गुरुङले कास्की प्रहरी प्रमुख अर्थात एसपी ओम रानालाई नमस्ते टोलीबाट नेपाल प्रहरीमा आएको भन्दै नेताहरुकोमा खबर पुर्याउने गरेको समाचार स्रोतले जनाएको छ । 

‘राना नमस्ते टोलीबाट आएका हुन् उनलाई पोखरामा हाईलाईट गराउने मै हो’ डिएसपी गुरुङको सामान्यतयः बोल्ने अभिब्यक्ती हो यो । कुनै समय ‘रसुवामा रक्त चन्दन ओसार काण्डमा फसेका तत्कालिन डिएसपी हालका एसपी रानालाई मैले निकै हाइलाईट गराए’ भन्दै लेकसाइडमा आयोजना हुने विभिन्न रक्सी पार्टीमा भन्दै आएका छन् । 

स्मरणरहोसः रसुवाको तत्कालिन रक्तचन्दन काण्डमा वर्तमान एसपी रानालाई कुनै कानुनले छोएन तर नेपाली सेना कर्णेल रामजी थापाले जागिरबाट हात धुनु पर्यो । 

डिएसपी रविन्द्र गुरुङको यस्तो रवाफपछिल्लो समय डिएसपी रविन्द्र गुरुङको फुर्ती ह्वात्तै बढेपछि एसपी राना समेत छक्क परेका छन् । ‘अब प्रहरी प्रमुखका रुपमा लम्जुङ जिल्ला हाँक्ने हो’ भन्दै साथी भाईहरुसँग डिएसपी गुरुङ भट्याउँदै हिँडेका छन् । डिएसपी गुरुङको रवाफले पोखराका लेकसाइडका रेष्टुरेन्ट, होटल ब्यवसायी र ठुला ब्यापारीहरु निकै तनाबमा परेका छन् । 

डिएसपी रविन्द्र गुरुङ प्रहरी निरिक्षक हुँदा रामबजार, जिप्रका पोखरा, लागु औषध कास्की हुँदै पर्यटकीय नगरी पोखरा छाड्नु परेन । डिएसपीमा प्रमोशन भएपछि पोखरा नै उनलाई कागताली परेको उनका सहकर्मीले मकालु खबरलाई बताए । अहिले नेकपाका नेता देव गुरुङ र गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको ‘मलाई आर्शिवाद छ अब म लमजुङ जाने हो’ उनले निकटलाई भनेको वाक्यांश हो यो । 

पोखराका चर्चित गुण्डा गुप्ते भनिने विशाल लामासँगको हिमचिम पनि उत्तिकै रोचक छ । मिटर ब्याजीका चर्चित मान्छेहरुसँग उनको चोचोमोचो उत्तिकै जोडिएको डिएसपी गुरुङबाट पिडित एक व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा बताए । प्रायः लेनदेन मुद्दामा हरक्क हर्षिने उनको बानीलाई साथ दिने गुप्ते, विजय गुरुङ, मनीष श्रेष्ठ लगायतको समुह नै छ । 

लेक साइटमा हल्लीखल्लीलेक साइटको रेष्टुरेन्टमा अवेर रातीसम्म बसेर आर्थिक संकलन गरेको भन्दै प्रहरीहरुले नै उनलाई आरोप लगाएका छन् । ‘रातो घर’ भनेर चिनिने पोखराको लेक साइटमा उनको रेष्टुरेष्ट समेत छ । अरु रेष्टुरेन्ट ११ बजे बन्द हुन्छन् । उनको रेष्टुरेन्ट दुई तीन बजे सम्म चल्छ । 

अहिले भने सो रेष्टुरेन्ट र दोहोरी डान्समा धेरै डान्सर केटीहरु ल्याएर हल्ला भयो भनेर स्थानीयहरुले चर्को विरोध गरेपछि बन्द भएको छ । लेक साइटका रेष्टुरेन्ट र दोहोरी डान्समा दुईथरी ब्यवहार भएपछि हल्लीखल्ली भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *