सिराहामा बस दुर्घटना : दुईको मृत्यु, २५ जना घाइते

सिरहा, १० जेठ । गएराती पूर्व पश्चिम लोकमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । भने २५ जना घाइते भएका छन् । घाइतेमध्ये ८/१० जना गम्भीर रहेका छन् । 

 

ना ८ ख ९८२ नम्बरको प्राइम बस पूर्व झापाबाट काठमाण्डौं जादैँ गर्दा पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए । 

null

उनका अनुसार दुर्घटनामा दुईको जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।मृत्यकको पहिचान खुल्न सकेको छैन् । एकजनाको घटनास्थलमै र अर्कोको उपचारको क्रममा मिर्चैयामा मृत्यु भएको हो । सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा र गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *