ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु दुई घाईते

बैशाख २५, पाँचथर । पाँचथरमा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिए अनुसार पाँचथरको कुम्मायक गाँउपालिका–२ मा ट्रयाक्टर दुर्घटना हुँदा फालेलुङ गाँउपालिका प्राङवुङका १८ वर्षीय रोशन थाम्सुहाङको मृत्यु भएको हो। 

घाईते हुनेमा ट्रयाक्टर चालक पाँचथर याङवरक ३ ओयामका २१ वर्षीय सन्तोष मगर र सहचालक फिदिम ९ लुम्फावुङ वस्ने २० वर्षीय धिरेन राई रहेका छन् । 

null

मृतक थाम्सुहाङलाई उपचारका लागि पाँचथर अस्पताल लैँजादै गर्दा बाटैमा उनको मृत्यु भएको छ भने घाईते दुईको जिल्ला अस्पतालमा उपचार जारी रहेको छ प्रहरीले जनाएको छ । 

लु १ त ६२४ नम्बरको टयाक्टर मङगलबार राती करिब १० बजे कुम्मायकको सुब्बाटोलवाट काठ ढुवानी गर्दै चौथीवजार जाँदै गर्दा अनियन्त्रित भई सडकवाट ३० मिटर तल खसी दुुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *