‘मेरो सरकार’ बेलायती महारानीको शैली, गणतन्त्रका लागि अशुभ

२२ वैशाख, काठमाडौं । सरकारको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले मेरो सरकार भनेकोमा प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । आजबाट संसदमा सरकारको नीति तथा कार्यक्रममाथि सुरु भएको छलफलमा भाग लिँदै कांग्रेसले आपत्ति जनाएको हो । 

संसदमा बोल्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले मेरो सरकार भन्नु बेलायती महारानीको शैली भएको बताए । उनले सरकारले राष्ट्रपतिको संस्थालाई पटक पटक विवादमा तानेको बताउँदै भने, ‘सरकारले राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर थप विवादमा पारेको छ । यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभसंकेत होइन ।’ 

देउवाले सरकारको निति तथा कार्यक्रम माथि बोल्दै खोक्रो फेहरिस्त भएको बताए । देउवाले सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्दै विपक्षमा मतदानका लागि आफ्ना सांसदलाई निर्देशन समेत दिए । 

null

 

उनले सरकार संघीय व्यवस्थाको मर्म र भावनाअनुसार क्रियाशील हुन नसकेको जिकिर गरे । भने, प्रेस तथा अभिव्यक्ति स्वत्तन्त्रतामा नियोजित हमला गरेको टिप्पणी गरे । देउवाले मेलम्ची आयोजना पूरा नभएको, माथिल्लो तामाकोसी आयोजना सम्पन्न नभएकोमा संसदमा प्रश्न उठाए । बुढीगण्डकीमा घात र खेलबाड गरिएको आरोप लगाए । 

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट एक वर्षमा एउटा पनि रोजगारी श्रृजना नभएको, सामाजिक सुरक्षा ऐन आफैंले ल्याए जसरी प्रस्तुत गरिएको, महिलालाई ठोस रोजगार कार्यक्रम नभएको, सम्भाव्यता, लागत, लाभ र स्रोतको व्यवस्थाबारे सरकार आफैं अनभिज्ञ भएको दावि गरे । 

देउवाले चीन र भारत जोड्ने रेलमार्ग अनुदानमा मात्र निर्माण हुनुपर्ने जिकिर गरे । परराष्ट्र नीतिको आलोचन गर्दै बिमस्टेक, होली वाइन र भेनेजुयला काण्डका बारेमा सरकारलाई ध्यानाकर्षण गराए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *