आँधी पीडितलाई प्रदेश १ को एक करोड सहयोग
मकालु खबर
२०७६ वैशाख ३१ गते
बैशाख ३०, काठमाडौं । प्रदेश १ सरकारले बारा–पर्साका आँधी पीडितका लागि १ करोड सहयोग रकम उपलब्ध गराएको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोमबार जनकपुरधाम आएर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई १ करोडको चेक हस्तान्तरण गरेका हुन् ।
null
गत चैत १८ गते बारा–पर्सामा आएको भीषण आँधीमा परी २८ जनाको मृत्यु भएको थियो भने ५ य भन्दा बढी घाइते भएका थिए । हावाहुरीले त्यहाँका १ हजार बढी घरमा क्षति पुगेको थियो । क्षतिग्रस्त सबै घरहरुको निर्माण सेनाले एकसाथ थालिसकेको छ ।
मकालु खबर
२०७६ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित