मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारको प्रदर्शन

 

जेठ ३, नेपालगञ्ज । नेपालगञ्जको बाँकेमा पत्रकारहरुले मिडिया काउन्सिल विधेयकविरुद्ध प्रदर्शन गरेका छन् । 

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्ध शुक्रबार पत्रकारहरुले नेपालगञ्जको वीपी चोकमा प्रदर्शन गरेका हुन् । 

null

प्रदर्शनमा उत्रिएका पत्रकारहरुले मिडिया काउन्सिल विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको भन्दै फिर्ता लिन समेत माग गरेका छन् । 

पत्रकार महासंघले घोषणा गरेको कार्यक्रममा एक्यबद्धता जनाउँदै देशैभरका पत्रकारहरुले बुधबार र बिहीबार पनि प्रदर्शन गरेका थिए ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *