आज नेपाल बन्दको आंशिक प्रभाव, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौं, १३ जेठ । प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको हो । 

काठमाडौं उपत्यकामा सवारी साधन अघिपछिको तुलनामा केही कम चलेका छन् । मुख्य बजार बन्द छन् भने, भित्रि सडकका अधिकांश पसल खुला नै छन् । अधिकांश विद्यालय भने बन्द भएका छन् ।काठमाडौं उपत्यकाबाहिरका जिल्लामा पनि बन्दको प्रभाव परेको छ । अधिकांश जिल्लामा सवारी सञ्चालनमा आएका छैनन् भने उद्योग, कलकारखाना र शिक्षण संस्थान पनि ठप्प भएका छन् ।भोजपुरमा आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले आज बन्द आह्वान गरेको हो । बन्दका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *