भाइले गोली प्रहार गरी गरे दाइको हत्या

पर्सौं, ३ जेठ । पर्साको जिराभवानीपुर गाउँपालिका– १, पलुवामा गोली प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । गोली प्रहार गरी ३८ वर्षीय भाइ शेख सेरामुद्दिनले आफ्नै दाइ ४८ वर्षीय शेख फरुकलाई हत्या गरेको प्रहरीले जनाएको छ । 

 

घरायसी विवाद हुँदा भाइले दाइमाथि कटुवा पेस्तोलबाट गोली प्रहार गरेको प्रहरीको भनाइ छ । फारुकको छातीमा गोली लागेको थियो । गोली प्रहारबाट गम्भीर घाइते फारुकलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो तर त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको थियो । 

null

उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल उनको शव घर लगिएको छ । प्रहरीले गोली प्रहार गर्ने भाइ सेरामुद्दिनलाई पक्राउ गरेको छ भने उनको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीका खोका बरामद गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *