गरिमा विकास बैंककाे बीरगञ्जमा शाखा कार्यालय उद्घाटन

 

जेठ २,काठमाडाैँ । गरिमा विकास बैंक लिमिटेडले हिजो बुधबार बीरगञ्ज शाखाकार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका हुन् । 

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्र बीरगञ्जमा आफ्नो उपस्थिति जनाएको र बीरगञ्ज शाखाबाट समेत देशका अन्य शाखाहरुबाट जस्तै उत्कृष्ट सेवा प्रदान गरिने बताए । 

null

त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले देशका सात वटै प्रदेशमा आफ्नो उपस्थिति जनाई सकेका ेर आगामी दिनमा समेत शाखा विस्तारको क्रमलाई तीव्रता दिने एवं ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने कार्यमा विकास बैंक सदैव प्रतिवद्ध रहेको जानकारी दिए । 

कार्यक्रममा नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयका निर्देशक राजन बिक्रम थापा बीरगञ्ज नगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष राज किशोर गुप्ता , बीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया लगायतले आफ्नो मन्तव्य राखेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *