चितवनमा भोलीदेखी भरतपुर गोल्डकप हुँदै, उद्घाटनमा हेटौडा र जावलाखेल भिड्ने

वैशाख २३ चितवन । चितवनको नारायणगढमा भरतपुर गोल्डकप २०७६ भोली मंगलवारदेखी सुरु हुँदैछ । जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको गोल्डकप एजे इन्टरनेशनल प्रालिले आयोजना गर्न लागेको हो । 

 

जेष्ठ ४ गते सम्म चल्ने प्रतियोगिताका बारे सोमवार आयोजकले खेल हुने स्थान क्याम्पाचौरमा पत्रकार सम्मेलन गरी जानकारी गरायो । प्रतियोगितामा राष्ट्रियख्याती प्राप्त १२ वटा क्लवहरुको सहभागीता रहने प्रतियोगिताका संयोजक प्रकास भुजेलले जानकारी दिए । 

null

त्रिभुवन आर्मी,नेपाल पुलिस,शसस्त्र प्रहरी,थ्रीस्टार,च्यासल युथ,संकटा,जावलाखेल,विजय युथ हेटौडा,चितवन ११,विरगंज युथ एकेडेमी,नुवाकोट ११ र झापा ११ ले प्रतिस्पर्धा गर्ने संयोजक भुजेलले वताए । प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैया र गोल्डकप तथा उपविजेताले नगद ३ लाख रुपैया प्राप्त गर्नेछ । 

त्यस्तै विभिन्न ४ वटा विधामा खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गरिनुका साथै प्रतियोगिताभरतका सर्वोकृष्ट १ खेलाडीलाई ४० हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार रुपैया प्रदान गरिने छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल किपर,उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट मिड फिल्डरलाई नगद २० हजारका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

 

प्रतियोगिता अवलोकनका लागि अस्थायी प्याराफिट निर्माण गरिएको छ । जुन १ हजार ८ सय जना अट्ने क्षमताको छ । उद्घाटन खेलमा निशुल्क अवलोकन गर्न पाईने भएपनि अन्य खेलहरुमा शुल्कको व्यवस्था गरिएको छ । सेमीफाईनल खेल सम्म प्याराफिटमा वसेर खेल हेर्नेको लागि रु २०० र अरुलाई रु १०० को व्यवस्था गरिएको छ । 

त्यस्तै सेमीफाईनल देखी फाईनल सम्म प्याराफिटमा वसेर हेर्न रु ३०० र अन्यलाई रु २०० टिकट लाग्ने संयोजकले भुजेलले वताए । पत्रकार सम्मेलनमा चितवन ११ को जर्सी सार्वजनिक गरिएको थियो । उद्घाटन खेलमा भोली विजय युथ हेटौडा र जावलाखेल युथ क्लवबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितालाई पुरानो मेडिकल कलेजले मुख्य प्रायोजन गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *