काँचो मासु खाँदा १५ भन्दा बढी बिरामी

बैशाख २२, डोटी ।  बाख्राको काँचो मासु खाँदा डोटीको आदर्श गाउँपालिका १ मेलगडामा मा १६ जना बिरामी भई अस्पताल भर्ना गरिएको छ । 

 

बालबालिका देखी बृद्धबृद्धा समेत बाख्राको काँचो मासु खाई बिरामी परेका उनीहरुको उपचार डाटी जिल्लाको विभिन्न अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । 

null

डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार जिल्लाका बिभिन्न अस्पतालमा उपचारको लागि भर्ना भएको १६ मध्ये ४ जना उपचारपछी स्वास्थ्य भई आफ्नो घर फर्केका छन् भने अन्य १२ जना खतरा मुक्त भएको र उनीहरु पनी आज साँझ सम्म डिस्चार्ज हुने भएको छ । 

उनीहरुले शनिबार दिउँसो बाख्राको काँचो मासु खाँदा बिरामी परेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *