भारत हुँदै तेस्रो मुलुक जान अब ‘एनओसी’ अनिवार्य !

 

बैशाख ३१, काठमाडौं । भारत हुँदै तेस्रो मुलुक पार गर्ने नेपालीहरुले नयाँ दिल्ली स्थित नेपाली दूतावासको सिफारिस पत्र लिनुपर्ने भएको छ । 

मंगलबार भारतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिनुपर्ने व्यवस्था लागु गरिएको जानकारी गराएको हो । 

null

एनओसी बनाउनका लागि सम्बन्धित व्यक्तिको हस्ताक्षर सहितको निवेदन, यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपि, गन्तव्य देशको भिसा र हवाई टिकटको प्रतिलिपि दूतावासमा बुझाउनुपर्ने छ । 

त्यसैगरी रोजगारी भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभाग वा अन्तर्गतबाट जारी श्रम स्वीकृति प्रतिलिपि पनि बुझाउनुपर्ने छ । अध्ययन, व्यवसायको शिलशिलामा भारतमा रहेका नेपाली नागरिकहरुले भने अध्ययन, व्यवसायसँग सम्बन्धित कागजातहरु, परिचयपत्रहरु बुझाउनुपर्ने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *