दुर्घटनाबाट मृत्यु भएका आफन्तले बेवास्था गरेको भन्दै सडक अवरुद्ध गरे
बैशाख २०, काठमाण्डौं । धादिङमा सवारी दुर्घटनाबाट मृत्यु भएका आफ्न्तले समितिले बेवास्था गरेको भन्दै सडक अवरुद्ध पारेका छन् ।
धादिङ बेल्खु पुथ्वीराजमागको नौविसे मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नं ४ बेल्खु खोलामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भए पछि यातायात समितिले बेवास्था गरेको भन्दै आफन्त र स्थानियहरुले कंलकी नागढुङ्गा सडक खण्ड अन्तर्गत गुर्जुधारमा सडक अवरोध गर्दे विरोध प्रर्दशन गरेका हुन ।
null
तीन दिन वितिसक्दा पनि चौतारी समिति बेखवर रहेको, मृतकको परीवार संग सम्पर्कमा नआएको, मान्छे मार्ने चालकलाई कारवाही गर्नु पर्ने, र मृतकको परिवारलाई उच्ति क्षेतिपुर्ति दिनु पर्ने भन्दै राजधानी वाट वाहिरिने र भित्रनै माईक्रोवसलाई नियन्त्रणमा लिई गुर्जुधारामा रहेको भेहिकहल ऐकेडेमी सेन्टर भित्रको खाली जग्गामा राखेर विरोध प्रर्दशन गरेका हुन ।
स्थानियको विरोध प्रर्दशनका कारण कंलकी नागढुगा सडक केहि वेर अस्त व्यस्थ भएको हो । विहान ७ वजे देखि सुरु भएको विरोध प्रर्दशन दिउसो १२ वजे पछि नगर प्रमुख घनश्याम गिरीको उपस्थितीमा विषेश समिति वनाउने र मृतकको परीवारलाई उचित व्यवस्थापन गर्न नगर प्रमुख लगायत स्थानिय जनप्रतिनिधि,मृतकका आफन्त समाजसेवी लगायतको विषेश समिति वनाएर जार्ने सहमति प्रश्चात माईक्रो बसलाई छाडिएको थियो ।
चन्द्रगिरी वडा नम्वर १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, र ५ का वडा अध्यक्ष अनिरुद्ध महर्जनले मितकका परिवारलाई स्थानिय निकायबाट हुन सक्ने सहयोग गर्ने बताए ।
उनीहरुले घटना भए देखि समितिलाई पटक पटक खवर गर्दा पनि कुनै चासो नदेखाएको प्रति स्थानियहरुले विरोध प्रर्दशनमा उत्रिएको हुन नसक्ने बताए । चितवनबाट काठमाडौं जाँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकलाई ,काठमाडौंबाट चितवन जाँदै गरेको बा ४ ख ५१०३ नम्बरको माइक्रोबससँग ठोकिएर काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नं १२ का कवि कुमार महर्जन र चन्द्रागिरी ५ का राजु महर्जनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनामा संलग्न माइक्रोबस, ट्रक र चालकहरूलाई भने प्रहरीले नियन्त्रणमा लिई सकेको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए । मृतकको शव पोस्टमार्ट पश्चात पनि गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तिन दिन देखि आफ्न्तले वुझन मानेका छैनन् । चालकका लापरभाहीले मोटरसाईक चालक दिन प्रतिदिन अशुरक्षित भएको भन्दै स्थानियहरुले गुनासो समेत गरेका छन् ।
माइक्रो बससँग ठोक्किएर सडकमा पल्टिएको मोटरसाइकलमा सवार यात्रुहरूलाई ओभरटेक गर्दै गरेको ट्रकको पछाडिको पाङग्राले किचेर मृत्यु भएको मृत्यु थियाे