व्यापारयुद्ध समाप्त गर्न बैठक बस्नुअघि चीन–अमेरिकाबीच ठाकठुक

 

बैशाख २७ ।  अमेरिका र चीनबीच चलिरहेको व्यापारयुद्ध चाँडै समाप्त हुने कुनै छाँटकाँट छैन । यो व्यापारयुद्ध समाप्त गर्ने उद्देश्यसहित दुई देशका प्रतिनिधि शुक्रबार एउटा मञ्चमा भेट्ने तयारीमा छन् तर यो भेट अघि नै अमेरिकाले चीनलाई २०० बिलियन डलरको उत्पादनमाथि ट्यारिफ बढाउने निर्णय गरेका छन् । बढाइएको ट्यारिफ केही घण्टामा लागू हुँदैछ । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले सम्झौताको शर्त तोडेकाले अमेरिका यस्तो निर्णय लिन बाध्य भएको बताएका छन् । 

null

फ्लोरिडामा एक र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘तपाईंले थाहा पाउनुभयो होला कि हामीले उनीहरुमाथि नयाँ ट्यारिफ लगाएका छौं किनभने उनीहरुले सम्झौताको शर्तलाई तोडेका छन् । त्यसैकारण उनका उप प्रधानमन्त्री लियु यहाँ आएका छन् । उनी हामीसँग सम्झौता गर्न चाहन्छन् । तर यदि उनीहरु सम्झौता तोड्छन् भने हामी यस्तो हुन दिनेछैनौं ।’ 

यस्तै अर्कोतर्फ चीनले अमेरिकाको यो कदमको जवाफ दिने बताएको छ । चीनको वाणिज्य विभागले ट्रम्पको आरोप खारेज गरेका छन् । चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेंगले चीन आफ्नो वचनको पक्का छ र उसले कहिले पनि आफ्नो कुरालाई नउल्ट्याएको बताएका छन् । 

गाओ फेंगले भने, ‘चीन आशा गर्छ कि अमेरिका यो व्यापारिक छलफललाई सफल हुन दिनेछ । दुई देशबीच पैदा भएको समस्यालाई कुराकानीमार्फत् हल गर्न सहयोग गरोस् भन्ने चीनको चाहना छ । दुई देशको हितलाई ध्यानमा राखियोस् भन्ने हामी चाहन्छौं । तर हामी यो पनि बताउन चाहन्छौं कि चीन आफ्नो वैध अधिकारको रक्षा गर्नका लागि प्रतिबद्ध र सक्षम छ ।’ 

यद्यपी, ट्रम्पले चीनका राष्ट्रपति शी जिनपिंगको निकै राम्रो पत्र प्राप्त भएको जानकारी दिएका छन् । ट्रम्पले चाँडै नै जिनपिंगसँग कुराकानी गर्ने आशा पनि व्यक्त गरेका छन् । 

अमेरिका र चीनबीच गत वर्ष जुलाईदेखि व्यापार युद्ध सुरु भएको हो । यसका कारण संसारभरी आर्थिक मन्दीको खतरा देखिन थालेको छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *