बारा पर्सामा असिनासहितको हावाहुरी: एक किशोरीको मृत्यु

पर्सा, ९ जेठ । बारा पर्सामा बुधबार साँझ आएको असिनासहितको हावाहुरीमा परी एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुने पर्साको पकाहा मैनपुर १, धोरेका दिनेश सहनीकी १५ वर्षीय छोरी श्रुतीकुमारी सहनी रहेको पर्सा प्रहरीले जनाएको छ । 

 

हावाहुरीको समयमा गाउँकै स्थानीय बजारबाट तरकारी लिएर घर फर्कदै गरेकी श्रुती ओत लागेको रुखको हाँगो भाचिएर घाइते भएकी थिइन् । उनलाई वीरगन्जको वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गराए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्जकै नेशनल मेडिकल कलेजमा लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । हावाहुरीले बारा पर्सामा रहेको किसानको खेतमा भएका बालीमा सबैभन्दा बढि क्षति पुर्‍याएको छ । 

null

त्यस्तै, सडक छेउका रुख र बिजुलीका पोेल ढाल्दा बारा, पर्साका धेरै गाउँमा विद्युत अवरुद छ । गन्जभवानीपुरमा रहेको प्रहरीको प्रतिक्षालयमा पनि हावाहुरीले क्षति पुर्‍याएको छ । पर्सामा पनि धेरैका घरको छानो उडाएको छ । ग्रामिण भेगका अमरपटी, भिस्वा बन्जारी, आसवारी, धोरे, प्रसौनी भाठाको प्रहरी चौकीमा पनि क्षति पुर्‍याएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *