ज्वाइँ मन नपरेको झोंकमा छोरी र ज्वाइँलाई जिउँदै जलाईयो

बैशाख २४ भारत । भारत महाराष्ट्रको अहमदनगरमा प्रेम विवाह गरेका एक जोडीलाई केटीका आफन्त र  बुवा मिली पेट्रोल छर्की जिउँदै जलाई दिएका छन् । 

 

अन्तरजातिय विवाह गरेका १९ वर्षिय रुक्मिणी भारती ६ महिना अगाडी मात्र मंगेश रणसिंघेसँग विवाह बन्धनमा बाँधिएका थिए । यस विवाहलाई केटा पक्षको परिवारले स्वीकार गरे पनी केटी पक्षका परिवार र आफन्तले भने बिरोध गर्दै आईरहेका थिए । 

null

रुक्मिणी र मंगेशलाई रुक्मिणीको परिवारले बारम्बार बिभिन्न धम्कीहरु दिँदै आईरहेका थिए । यस धम्कीबाट दिक्क भएका रुक्मिणी र मंगेशले सन् २०१९ को फेब्रुअरी महिनामा प्रहरीमा उजुरी दर्ता गराएपछी रुक्मिणीका आमाबुवाले रुक्मिणीलाई ३० अप्रिलमा उनलाई घर बोलाएका थिए । रुक्मिणी घर आएपछि उनीहरुले रुक्मिणीलाई पिटे । आफुले पिटाई खाएपछी त्यसै रात रुक्मिणीले मंगेशलाई फोन गरेर आमा–बुवाले पिटेको र उनलाई लिन आउन श्रीमान् मंगेशलाई बोलाईन् । 

मंगेश भोलिपल्ट मे १ तारिखमा रुक्मिणीलाई लिन ससुराली गएका थिए । उनी ससुराली गएपछी रुक्मिणीका घरमा उनका परिवार सहित उनका काका सुरेन्द्र बाबुलाल (बिल्लु पण्डित) र मामा घनश्याम पनि त्यही थिए । उनीहरुले ससुराली आएका मंगेश र आफ्नो छोरी रुक्मिणीलाई सुरूमा मा पिटे त्यसपछी पनी रिस नमरेपछी रुक्मिणी र मंगेश दुवैलाई डोरीले बाँधी पेट्रोल छर्कि आयो लगाएका थिए । 

आगो लागेर चिच्याएपछी नजिक रहेका स्थानियवासीहरुले थाहा पाई उनीहरुलाई उद्धार गरी हस्पिटल पुर्याए एको प्रहरीले जनाएको छ । 

यस घटनाबाट शरीरको ६० देखि ६५ प्रतिशतसम्म जलेकी रुक्मिणीको तीन दिनसम्म हस्पिटलमा जीवनसँग संघष गदागर्दै मे पाँच तारिखमा उनको निधन भएको थियाे  । उनका श्रीमान मंगेशको शरीरको करिब ४५ प्रतिशत भाग जलेको छ । उपचाररत मंगेशको स्वास्थ्य अवस्था भने गम्भिर भएको भारतका ससून अस्पतालका डाक्टर अजय तावरेले बीबीसीमा बताएका छन् । 

यस घटनामा संलग्न उनका मामा घनश्याम र काका सुरेन्द्रलाई पक्राउ गरी सकिएको र रुक्मिणी बुवा रामा रामफल भारती भने फरार रहेका छन् । फरार भारतीको खोजीकार्य भईरहेको र पक्राउ परेमा माथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *