प्रदेश १ मा सिम्याटको अभिमुखीकरण सम्पन्न

 

जेठ ३, विराटनगर । प्रदेश १ कै पहिलो र सर्वोत्कृष्ट सिम्याट पढाई हुने ईन्स्टिच्युट एडुमार्क प्रा. लि. बिराटनगर ले सिम्याट को अभिमुखीकरण सम्पन्न गरेको छ । 

प्लस २ पछि त्रिभुवन विश्वविद्यालय अर्न्तगत व्यस्थापन संकाय मा स्नातक पढ्न प्रतिस्पर्धा गरेर भर्ना हुनलाई लिने सिम्याटको अभिमुखीकरणमा ८७ जना विद्यार्थीले सहभागिता जनाएका थिए । 

null

 

सिम्याट कोर्स  त्रिभुवन विश्वविद्यालमा भर्ना हुनका लागि लिइने अति आवश्यक कोर्स हो । यसमा अनिवार्य पास भएमा मात्रै त्रिविमा स्नातक पढ्न सकिन्छ । 

सिम्याट कोर्स पूरा गरिसकेपछि विद्यार्थीले व्यवसाय संकाय अन्तर्गत स्नातकमा विद्यार्थीले BBA, BBM, BIM, BPA, BTTM जस्ता कोर्सहरू छनोट गरी सोही अन्तर्गतको परीक्षा दिई पढ्न सक्नेछन् ।  

सिम्याट कोर्स कक्षा ११ रेगुलर पास भई १२ को परीक्षा दिएका वा १२ कक्षा पास भइसकेकाले फर्म भर्न पाउने भएतापनि +2d Minimum c+ result आएकाले मात्र गर्न सक्छन् । 

उक्त कार्यक्रममा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका शिक्षक डा. भविष्य मिश्रा एम्स कलेज का प्रिन्सिपल सिएम बस्नेत एडुमार्क प्रा.लि. का डाईरेक्टर रबि गुप्ता एके दास कबिराज पौडेल लगायतले आ-आफ्नो मनतव्य व्यक्त गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *