कहाँछन् जनआन्दोलनको गायक रुविन गन्धर्व ?

  

 

जेठ १५, काठमाडाैँ ।  तानाशाही राजतन्त्रको अन्य गर्न भएको लोकतान्त्रिक आन्दोलनमा १३ बर्षअघि (२०६२–६३ मा) काँधमा सारङ्गी बोकेर एक किशोर स्टेज चढ्यो । वरीपरी हजारौ जनता जिन्दाबाद र मुर्दाबादको नारा घन्काईरहेका थिए । 

null

यत्तिकैमा शरिरमा पुरानो कमिज र पुरानो पाइन्ट, च्यातिन लागेका जुत्ता लगाएर सारङगी भिरेको लिखुरे केटोप्रति सबैको ध्यान खिचियो । साधारणतथा किशोर अवस्थामा प्रवेश गर्दै गरेको चञ्चले  व्यक्ति खेल र मनोरञ्जनमा भुलिन्थे । तर ती व्यक्ति भने मञ्चबाट त्यतीबेला चलेका गीतमा लयमा सत्ताको निरंकुशतन्त्रका विरुद्ध जनताका शब्दहरु भर्दै राज्य विरुद्ध विद्रोहको हुँकार लिकारिहेका देखिन्थे । 

लोकतान्त्रिक आन्दोलनमा आम जनताको मनमनमा त्यो गीत गुञ्जियो । सो गीतलेनै आन्दोलनकारीलाई राजतन्त्र फाल्न थप उर्जा मिल्थो । आन्दोलनकारीहर आफुले लगाइरहेको सर्ट फुकालेर आकाशतिर फ्याँक्थे अनि ‘वान्स–मोर’ भन्थे । हजारौँ झन्डाहरू एकसाथ फरफराउँदै, सिठी बजाउँदै, मुठी कस्दै निषेधित क्षेत्रतर्फ जाइलाग्थे । 

राज्यको बन्दुको गोलिलाई आफ्नो सारङ्गी र स्वरले चुनौती दिने ती किशोर थिए रुवीन गन्धर्व । जो राज्यद्धारा अधिकार बिहिन बनाईएका सीमान्तकृत समुदायका । त्यही झ्याउरे किशोर जसका ओठ– भोक, रोग र अधिकार विहिनताको शोकमा ओठ कलेठी परेका थिए । जसको स्वर, स्वतन्त्रता लुटिएपछि मुक्तिका लागि गर्जन स्वरुप गर्जियो । र गीतमा विद्रोह स्वर ओेकलियो । जसले जनताको अधिकार प्राप्तिको आन्दोलनमा आफ्नो भूमिका स्पस्ट पार्यो र आफुलाई गणतन्त्रको कित्तामा ल्याई पुर्यायो । 

 

१९ दिनको कठोर आन्दोलनपछि बैशाख ११ मा लोकतन्त्र घोषणा भयो । संविधानसभाको निर्वाचनपछि जनताले चुनेका प्रतिनिधीले जेठ १५ गते गणतन्त्र घोषणा गरे । गणतन्त्रको घोषणासगै, यही व्यबस्था ल्याउनका लागी भएको आन्दोलनमा गीत मार्फत आन्दोलनकारीलाई उर्जा भर्ने रुवीनपनि अरु जस्तै खुशी भयो । आम नागरिक, कलाकार, आन्दोलनका घाइते, सबै पेशा, व्यवसायका मानिसमा खुशी र उमङ्ग छायो । नागरिकले अधिकार पाउने भए, उनीहरू साँच्चिकै स्वतन्त्र भए । राजनीतिक त्यति बुझिनसकेका वालक रुवीनपनि उत्साहित थिए । 

तर लोकतन्त्रको आएको १३ बर्ष र गणतन्त्र घोषणा भएको ११ बर्ष पुरा भइसक्दा पनि जनताको जीनवस्थलमा सासै सुधार आएको नदेख्दा उनी सन्तुष्ट हुन सकेका छैनन् । उनी भन्छन्, ‘ राजतन्त्र ढलेर गणतन्त्र आयो । देशको मुहार फेरिन्छ भन्ने लाग्थ्यो, अझैँ खासै केही भएको देखिन्न, अव देशमा स्थीर सरकार बनेको छ, अव विकास चाहिन्छ ।’ 

लोकतन्त्र प्राप्तीपछि त्यही जगमा घोषणा भएको गणतन्त्र दिवस मनाउँदै गर्दा, जन–आन्दोलनमा जन–आक्रोशको ज्वालामा सारंगीको धुन मिसाएर आन्दोलनकारीलाई उद्वेलित बनाउने रुविन गन्धर्व आज कहाँ छन् ? भन्ने आम जिज्ञासा हुनसक्छ । उनी आफुलाई दुई विशेषणले चिनाउन चाहन्छन् । पहिलो जनआन्दोलनको गायक र दोस्रो समाजसेवी । उनी भन्छन– म गाउँदै सारङगी बजाएर नेपाली मौलिक सस्कृतीको संरक्षण प्रर्वद्धन गर्छ, अर्काे तर्फ समाज सेवापनि ।’ 

गन्धर्व समुदायका पुर्खाले पीडाका गीत सुनाउँदै परिवार पाल्ने मुख्य आधार सारंगीलाई नै बनाउँथे । अहिले उनको जीबनशैली बिस्तारै फेरिँदै गएको छ । उनले यसलाई जिविका चलाउने व्यवस्थित माध्यम बनाएका छन् । रुवीन भन्छन्, ‘गन्दर्भ समुदायमा पहिले गाउँघरमा सारंगी रेटेर छाक टार्थे, अचेल संगठित, व्यवस्थित र व्यावसायिक रुपमा गाउने, बजाउने चलन छ, म पनी यसैगरी जीवनशैली बदलेको छु ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *