रत्ननगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

वैशाख २६ चितवन । चितवनको रत्ननगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधवारदेखी सुरु भएको छ । रत्ननगर नगरपालिकाले स्थानीय सरकार गठन पछि पहिलो पटक तीन दिने प्रतियोगिताको आयोजना गरेको हो । 

 

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सांसद कृष्ण प्रसाद खनालले खेल वहुआयामिक रहेको औल्याए । खेलकुदले अनुशासनमा वस्न सिकाउनुका साथै शत्रुतालाई मित्रतामा वदल्ने,वौद्धिक मानसिक विकासमा टेवा पुर्याउने वताए । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले विकास निर्माणसंगै नगरपालिकाले शिक्षा,स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा लगानी गरिरहेको वताए । 

null

रत्ननगरलाई खेलको नगरको रुपमा विकास गर्ने योजना रहेको मेयर वनले जानकारी दिए । मेयर वनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपमेयर विमला दुवाडी,रत्ननगर २ का वडाध्यक्ष तीलकराज शर्मा, रत्ननगर १० का वडाध्यक्ष एवंम् नगर खेलकुद विकास समिति संयोजक केशव आचार्य,प्रवक्ता राजेन्द्र हमाल लगायतले मन्तव्य राखेका थिए । प्रतियोगिताको पहिलो दिन छात्र छात्रा १ हजार ५ सय मिटर दुरीको दौड भएको छ । 

 

छात्र तर्फ १५ सय मिटर दौडमा द्धारिकादास माध्यमिक विद्यालयका गौतम काप्री प्रथम,पञ्चकन्या माध्यमिक विद्यालयका मिलन चेपाङ द्धितिय र पिस भिजन आवासीय माविका रोहन कुँवर तृतिय भएका छन् । 

त्यस्तै छात्रा १५ सय मिटर दौडमा झुवानी माविकी कृपा नेपाली प्रथम हुँदा जनजागृती माविकी साक्षी प्रधान द्धितिय र पञ्चकन्या माविकी चन्द्रमती राई तृतिय भएकी नगर खेलकुद विकास समिति संयोजक केशव आचार्यले जानकारी दिए । वैशाख २८ गते सम्म चल्ने प्रतियोगितामा दौड, हाईजम्प, लङजम्प, ज्यावलिन थ्रो, सटपुट, भलिवल, कवड्डी, तेक्वान्दोका खेलहरु हुनेछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *