पोखराको कुकर बम डिस्पोज, धरानमा आईडी बम

 

जेठ १३, पोखरा । पोखरामा फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरको छ । 

पोखको सिर्जनाचोकस्थित दुरसञ्चार सेवा प्रदायक निजी कम्पनी एनसेल अफिस नजिकै राखिएको कुकर बम नेपाली सेनाको टोलीले साेमबार डिस्पोज गरेको हो । 

null

आइतबार राति नै फेला परेको बम सेनाको टोलीले सोमबार बिहान मात्रै डिस्पोज गरेको हो । 

त्यस्तै, पोखराकै नयाँबजार र न्यूरोडको मध्य भागमा रहेको इनोभेटिभ डेभलपमेन्ट एजुकेसन एकेडेमी (आइडिया) को गेटमा झण्डासहित शंकास्पद वस्तु फेला परेको छ । उक्त वस्तु डिस्पोज गर्नका लागि सेनाको टोली पुगिसेकेको छ । 

त्यसैगरी इटहरी धरान सडक खण्डअन्र्तगतको सडकमा पनि बम भेटिएको छ । 

मंगलबार बिहानै भेटिएको दुईवटा पोका पारेर सडकको बीच भागमा राखिएको बम नेपाली सेनाले केहीबेर अगाडि नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरिसकेको छ । 

बिहान करीब ६ बजेको समयमा भेटिएको उक्त शंकास्पद वस्तु आईडी बम भएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रहरीका अनुसार मोबाईलमा टाईमर नै सेट गरेर बम राखिएको थियो । 

यस्तै, बुढीगंगा गाउँपालिकामा राखिएको शंकास्पद वस्तु भएको ठाउँमा पनि सेनाको टोली पुगिसकेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *