तलव कटौति गर्ने भएपछी राष्ट्रव्यापी हडताल

 

जेठ ७ ।  राष्ट्रिय आर्थिक सङ्कट व्यवस्थापन गर्न सन् २०१९ को बजेटले सार्वजनिक सेवा क्षेत्रमा कार्यरत कर्मचारी, शिक्षक तथा अन्य कामदारकोे तलव कटौति गर्ने चर्चापछि दवाबमा सोमबार लेवनानमा राष्ट्रव्यापी हडतालको आयोजना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

लेवनानी जनता, देशभरका नीजि विद्यालयमा कार्यरत शिक्षक, नगरपालिकाका कर्मचारी, सार्वजनिक क्षेत्रका कर्मचारी, नगर प्रशासन, बन्दरगाह प्रशासन लगायतमा कार्यरत कर्मचारी तथा श्रमिकले तलव कटौति गर्ने सरकारी योजनाको विरोधमा हडताल गरी दवाब दिएका यहाँको नेशनल न्यूज एजेन्सीले जनाएको छ । 

null

यसैबीच, देशभरबाट लेबनानको राजधानी बेरूतमा विरोध प्रदर्शनका लागि सर्यौँको सङ्ख्यामा गाडीहरू जम्मा भएका र हडताल शुरू गरिएको आन्दोलनकारी समूहहरूले बताएका छन् । उनीहरूले सरकारले सार्वजनिक सम्बोधनमार्फत् तलव कटौति नगर्ने प्रतिवद्धता नजनाएसम्म अनिश्चित समयसम्मका लागि हडताल जारी राख्ने बताएका छन् । 

मन्त्री परिषद्मा सन् २०१९ का लागि बजेटको खाकाबारे छलफल चलिरहेका समय हडतालको आह्वान गरिएको हो । प्रदर्शनमा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीका साथै प्रहरी र सेनाको पनि सहभागिता रहेको बताइएको छ । 

लेबनानको बजेट घाटालाई सम्बोधन गर्न आर्थिकरूपले सङ्कटग्रस्त मुलुकको प्रशासनले तलब कटौति गर्ने योजना ल्याउन लागेको राजनीतिक नेतृत्व, मन्त्री परिषद्का सदस्य तथा सरकारी अधिकारीले जनाएका छन् । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *