महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ

 

जेठ ४, काठमाडाैं । उपत्यकाको सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रामा शुक्रवार महिलाहरूले मात्र रथ तानेका छन्। रथ तान्ने काममा पुरुषमात्रै संलग्न हुँदै आएपनि परम्परा जोगाउँदै महिलाले रथ तानेका हुन् । 

महिलाहरुले शुक्रबार बिहान ६ बजे लगनखेलमा रथ ताने । ललितपुरको इटिटोलदेखि थतिचोकसम्म उनीहरूले झन्डै १०० मिटर रथ तानेका हुन्। 

null

विगतमा नेवार समुदायका एकल महिलाहरूले मात्रै तान्ने उक्त रथ हाल सबै समुदायका सबै महिलाले तान्छन्। महिलाहरूले चाहेमा जे पनि गर्न सक्न सक्छन् र जात्रामा सबैको सहभागिता होस् भन्ने उद्देश्यले महिलाहरूले रथ तान्ने परम्परा शूरू भएको जात्रूले बताए। 

तर महिलाहरूले मात्रै रथ तान्ने परम्पराका पछाडि किम्वदन्ती छन्। सामाज‌िक रूपमा बहिष्कृत भएका एकल महिलाहरूलाई पनि जात्रामा सहभागी बनाउन त्यस्तो प्रचलन रहेको मानिन्छ।  

३२ हात अग्लो, ३२ हात लामो र ३२ तलाको रथ अनि गुडाउने पाङ्ग्राको परिधी समेत ३२ हातकै हुने पुरानो बास्तुकलाको नमुना र जिवित सम्पदा मानिने रातो मच्छिन्द्रनाथ रथको जात्रा करिव एक हजार ६ सय वर्ष पहिलेदेखि नै मनाइदै आएको बताईन्छ । 

 

मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउने क्रममा लगनखेलको थट्टीटोलमा पुग्दा हराएको र एक जना महिलासँग रहेको थाहा पाएपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले नै रथलाई तान्ने परम्परा रहेको छ । 

त्यसैअनुरूप प्रत्येक वर्ष जावलाखेलमा मच्छिन्द्रनाथको जात्रामा त्यो भोटो कसैको हो भनी प्रमाणसहित आउनु भन्ने तत्कालीन राजाको आदेशअनुसार सबैलाई देखाउने परम्परा चलेको बताइन्छ। झण्डै ३२ हात अग्लो रथ भएका ऐतिहासिक रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताका रुपमा पुजिन्छ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *