१० हजार घुससहित प्रहरी जवान केसी पक्राउ

 

जेठ ६, रुपन्देही । अख्तियार अनुसन्धान आयोग, बुटवलले सशस्त्र प्रहरी बल नेपाल नम्बर ४१ गुल्म हे.क्वा (औधोगिक सुरक्षा), बुटवलमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसीलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी जवान केसीले सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरी थुनिदिने भनी घुस रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले १० हजार घुससहित नियन्त्रणमा लिएको हो । 

null

उनलाई जेठ ५ गते आइतबार बुटवल उपमहानगरपालिका ९७ दिपनगर स्थित बुटवल टपटेन मम एण्ड खाजा घरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *