कोपा अमेरिकाका लागि अर्जेन्टिनी टोली सार्वजनिक (नामावली सहित)

 

जेठ २, काठमाडौं । दक्षिण अफ्रिकी देशहरुको प्रतिष्ठित फुटवल प्रतियोगिता कोपा अमेरीका २०१९ को लागि अर्जेन्टिनाले पहिलो चरणका खेलाडीहरूको नामावली सार्वजनिक गरेको छ । हिजो पहिलो चरणका लागि अर्जेन्टिनाले आफ्ना स्टार लियोनल मेस्सी सहित ३२ सदस्यीय टोलीको नामावली सार्वजनिक गरेको हो । 

अब स्कालोनीले मे ३० मा २३ सदस्यीय खेलाडीको टोली घोषणा गर्नेछन् । जसले अर्को महिनाबाट हुने कोपा अमेरिका खेल्नेछ । कोपा अमेरिका जुन १४ देखि जुलाई १७ सम्म ब्राजिलमा आयोजना हुँदैछ । 

null

अर्जेन्टिनी टोलीको सर्ट लिस्टमा स्थायी कप्तान लिओनल मेस्सीदेखि अघिकांश ठूला खेलाडी परेका छन् । कप्तान मेस्सी टोलीमा परेसँगै उनले कोपा अमेरिका खेल्ने पक्का भएको छ । 

मेस्सी सन् २०१८ को रसिया विश्वकपपछि केही समयअघि भेनेज्वेलसाँग भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि टोलीमा फर्किएका थिए । मेस्सी करिब ९ महिनापछि टोलीमा फर्किएको सो खेलमा अर्जेन्टिनाले ३–१ को नमिठो हार भोगेको थियो । 

यसपटक कोपा अमेरिकामा ब्राजिललाई सबैभन्दा बलियो उपाधि दाबेदार टिमका रूपमा हेरिएको छ । त्यसैगरी, अर्जेन्टिना पनि उपाधि होडमा हुनेछ । यसपटक कोपामा अर्जेन्टिनी समूह ‘बी’ मा परेको छ । 

सो समूहमा अर्जेन्टिनीले कोलम्बिया, पाराग्वे र पाहुना टोली कतारको सामना गर्नेछ । अर्जेन्टिना यसअघि सन् २०१६ मा भएको प्रतियोगितामा फाइनलमा चिलीसँग पराजित भएको थियो । 

फरवार्डः 

लियोनल मेसी, सर्जियो अगुएरो, लाउटारो मार्टिनेज, एन्जल कोरेया, म्याटिस सुवारेज, माउरो इकार्डी 

मिडफिल्डरः 

लिएन्ड्रो प्रेडेज, लो सेल्सो, एक्जाक्वे पालासियोस, गुइडो रोड्रग्वेज, रोबर्टो प्रिएरा, रोड्रिगो डे पाउल, माटियास जाराको, एन्जल डि मारिया, पिटि मार्टिनेज, पाउलो डिबाला, म्याक्सिमिलियानो मेजा, इभान मार्कोन 

डिफेन्डरः 

रेन्जो सराभिया, गाब्रियल मर्काडो, निकोलस ओटामेन्डी, जर्मन पजेला, वाल्टर केन्म्यान, निकोलस ट्याग्लियाफिको, मार्कस अकुइना, र्यामिरो फ्युरस मोरी, जुयान फोइत 

गोलकिपरः 

फ्रान्को अर्मानी, स्टेवन अन्ड्राडा, अगुस्टन अर्मेचिन, जुयान मुसो, गेरोनिमो रूली 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *