पुलवामा सुरक्षाकर्मीमाथि आतंकवादीले चलाए गोली, ४ जनाको मृत्यु
मकालु खबर
२०७६ जेठ २ गते
जेठ २, पुलवा । भारतको जम्मू कश्मिर स्थित पुलवा क्षेत्रमा सुरक्षाकर्मी र आतंकवादीबीच भएको मुठभेडमा ४ जनाको मृत्यु भएको छ ।
दुई समूहको मुठभेडमा ३ आतंकवादी र १ सुरक्षाकर्मीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
null
आतंकवादीहरु पुलवामाको दलीपारो क्षेत्रमा रहेको एक घरमा लुकेर बसेको सूचनाको आधारमा सर्च अपरेशनमा गएका सुरक्षाकर्मीमाथि आतंकवादीहरुले गोली चलाउन सुरु गरेपछि सो घटना घटेको भारतीय सेनाको दाबी छ ।
अझै आतंकवादीहरु रहेको आशंकामा पुलवामामा इन्टरनेट सेवा बन्द गरिएको छ भने स्थानीयहरुलाई सचेत रहन आग्रह गरिएको छ ।
मकालु खबर
२०७६ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित