प्रभु बैंक लिमिटेडको नयाँ शाखा ढुंगेधारामा

बैशाख ३०, काठमाडौँ । प्रभु बैंकले काठमाण्डौ जिल्ला महानगरपालिका १५, ढुंगेधारामा आज बाट नयाँ शाखा बिस्तार गरी कार्यालय सञ्चालनमा ल्याएको छ । 

 

बैंकको ढुंगेधारा शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटीगभर्नर  शिबराज श्रेष्ठले एक समारोहकाविच समुद्घाटन गरेका हुन् । 

null

प्रभु बैंक लि. का सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न भएको ढुंगेधारा शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले शुभकामना मन्तव्य राखेका थिए । प्रमुख अतिथिको तर्फबाट मन्तव्य राख्दै डेपुटीगभर्नर शिबराज श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न स्थानहरुमा आफ्नाे शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई आफ्नाे गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेकोमा अब ढुंगेधाराबासीहरुले आफ्नै घर आँगन नजिकबाट विना झण्झट प्रभु बैंकको बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्ने अवसर प्राप्त भएको बताए । 

शाखा कार्यालय उद्घाटन कार्यक्रमका अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । 

आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको ढुंगेधारा शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र ढुंगेधारा क्षेत्रको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *