हेटौंडामा दुई बस ठोक्किँदा एकको मृत्यु, ३० जना घाइते

हेटौंडा, ४ जेठ । हेटौंडामा दुईवटा बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते छन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नम्बरको बस र पशुपतिनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख २०५७ नम्बरको बस हेटौंडा नगरपालिकाको ३ लेवटमा आपसमा ठोकिएका हुन् । 

ठक्करबाट घाइते भएका ना ७ ख २०५७ नम्बर बसका चालक मानबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा दुवै बसका यात्रु घाइते भएका छन् । घाइते मध्ये तीन जना चितवन रिफर गरिएको छ । २७ जनाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *