एक हप्तामा २ देशको भ्रमण गर्दै प्रधानमन्त्री

 

बैशाख १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बैशाख २६ गतेदेखि विदेश भ्रमणमा जाने भएका छन् । 

बिहीबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिएका हुन् । 

null

मन्त्री ज्ञवालीका अनुसार प्रम ओलीले बैशाख २६ गतेदेखि ३० गतेसम्म भियतनाम र ३० देखि जेठ १ गतेसम्म कम्बोडियाको भ्रमण गर्न लागेका हुन् । 

भियतनाम र कम्बोडिया बौद्ध धर्मावलम्बीको देश भएकाले प्रधानमन्त्रीको भ्रमण नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने मन्त्री ज्ञवालीले बताए । 

प्रधानमन्त्री ओली भियतनाममा त्यहाँका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै त्यहाँ आयोजित बुद्ध सम्मेलनमा सहभागी हुनेछन् । प्रम ओलीले त्यहाँ हिची मिन्ह थिंक ट्यांकलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *