‘श्रीमान् गम्भीर नेपाली’ बजाउने दुई जना प्रहरी नियन्त्रणमा

 

जेठ २, बुटवल । सार्वजनिक कार्यक्रममा पुरानो नेपाली राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीले पुरानो राष्ट्रिय गान बजाएको आरोपमा शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष विश्वकर्मालाई बुटवलबाट नियन्त्रणमा लिएको हो । 

null

उनीहरुले बैशाख २८ मा आयोजित कार्यक्रमको सुरुवात उक्त राष्ट्रिय गान बजाएर गरेका थिए । सोही आरोपमा बैशाख २९ गते उनीहरुलाई नियन्त्रणमा लिइ अभद्र व्यवहारको मुद्दा चलाइएको बुटवल प्रहरीले जनाएको छ । 

प्रहरी नियन्त्रणमा रहेका प्रितमले अहिले हिरासतमै अनसन शुरु गरेका छन् । केसीको जीवन रक्षा गर्न र उनीसँगै पक्राउ परेका विश्वकर्मालाई रिहा गर्न उनका परिवारजन र शाही युवा शक्ति नेपालले माग गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *