विद्यादेवी भण्डारीका विलाशिताले मदन भण्डारी ओझेल हुँदै

जेठ ३, काठमाडौं । कम्युनिस्ट आन्दोलनको सार्थकता पुष्टि गर्न तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले गरेका भाषण हालसम्म पनि चर्चामा आउँछन् । कम्युनिस्ट सत्तामा पुगेर विलासी व्यवहार देखाउने नेता र युवाका लागि स्व. मदन भण्डारीका भाषण प्रेरणाका स्रोत पनि हुन् । 

मदनले भन्ने गर्थे ‘घरमा हात्ती पाल्दाखेरि धेरै घाँस, धेरै भुस, धेरै उसलाई दाना चाहिन्छ । तर एउटा बोको पाल्नुभयो भने त्यो बोकोलाई थोरै घाँसले पुग्ने थियो । यसअर्थमा एउटा निर्वाचित राष्ट्रपति हुने हो भने उसले १५–२० हजारमा त्यस्तै प्रधानमन्त्रीको बराबरी तलबमा काम चल्थ्यो होला । तर यो अभिसामन्ती अभिजात्य शैलीमा बाँचेको दरबारलाई अहिले त्यति खर्चले पुग्नेवाला छैन ।’ 

मदनले त्यतिबेला देखेको गणतन्त्रको सपना पूरा भएको छ । एकै पुस्ताका जेठा छोरा निरन्तर राष्ट्र प्रमुख बन्ने राजतन्त्र समाप्त भएको छ । गणतन्त्र आएको दशक वितेको छ । जनताबाट जनता नै निर्वाचित राष्ट्रपति प्रणाली छ । उनकै पत्नी विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपति बनेकी छन् । मदनको निधन भएपछिका २६ बर्षमा नेपालको वाम आन्दोलन सानो परिधिमा मात्र सिमित रहेको छैन । राष्ट्रिय राजनीतिमा मदनको प्रभाव अझै बढ्दै गएको छ । तर, राष्ट्रपति भण्डारीले गरिरहेको व्यवहार भने उनकै पति तथा गणतन्त्रका नायक मदनकै विचारको खिलाप रहेको भन्दै धेरैले आलोचन गर्दै आएका छन् । 

null

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रमलाई २०५४ सालदेखि नेकपा एमालेले मार्गदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्यो । यसबीचका २६ बर्षमा मदन भण्डारीबारे धेरै विचारविमर्श र शोधकार्यहरु भएका छन् । मदन भण्डारीले समाजवादसम्म पुग्ने बाटो निर्दिष्ट गर्दै कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणमा जोड दिएका छन् । मदन भण्डारी माक्र्सवादी सिद्धान्तका प्रखर प्रयोगकर्ता, दृढ कम्युनिस्ट नेता र समाजवाद स्थापनाको नेपाली मार्गचित्र अर्थात जनताको बहुदलीय जनवादको खाका कोर्ने विचारक हुन् । उनको विचार अनुसार राज्यका शासकका खर्च, व्यवहार र शैली मितव्ययी, जनप्रिय र सर्वहारा जनताको हैसियत बराबर हुनुपर्छ । 

तर, मदनपत्नी तथा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको खर्च, व्यवहार र शैली न मितव्ययी छ न त जनप्रिय नै । उनकै पति गणतन्त्रका मुख्य नायककै विचार विपरित उनको क्रियाकलाप देखिएको धेरैको टिप्पणी छ । स्व. मदन आफ्नो जीवनको अन्तिमसम्म उनकै भाषामा ‘अभिजात्य वर्ग’ र विलासी प्रवृत्तिविरुद्ध लडिरहे । तर, उनकै आदर्शबाट उदाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज मदन भण्डारीको आदर्शलाई किन बिर्सिइन् ? यो प्रश्न जीवितै छ । उनको रवाफ देख्दा सबैले प्रश्न गर्दै आएका छन् – ‘मदन भण्डारीले भनेझै राष्ट्रपतिलाई पाल्नु हात्ती पालेझै छ कि बोका पालेझै ?’ 

मदन भण्डारी साइकल चढ्थे, आज विद्या भण्डारी उनकै बुइ चढेर करोडौंको विलाशी गाडी र हेलिकप्टर चढ्छिन् ।  

गणतन्त्रको सपना देखाउने मदनको २०५० सालमा हत्या भयो । त्यसको करिब दशकपछि मुलुकमा राजतन्त्रको अन्त्य भयो । र, राष्ट्रपतिलाई निर्वाचित गर्ने संवैधानिक व्यवस्था गरियो । हाल तत्कालीन एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र सरकार मुख्य पदमा नेकपाकै नेता पुगेका छन् । मदन भण्डारीको मजदूर र किसान पक्षीय विचारको जगमा उभिएको पार्टीको तर्फबाट निर्वाचित भएकी राष्ट्रपति भण्डारी सेवासुविधा र कार्यशैलीका कारण निरन्तर विवादमा तानिदै आएकी छिन् । शितलनिवास बाहिर आवतजावत गर्दा सडक र अन्तराष्ट्रिय भ्रमणमा जाँदा विमानस्थल नै ठप्प हुने प्रवृत्तिले सर्वसाधारण दिक्क छन् । हिजो राजाको कार्यशैलीविरुद्ध आवाज उठाएका स्व. मदन भण्डारी पत्नी विद्या भण्डारी हाल राजाकै कार्यशैलीमा उत्रिएको आरोप लाग्ने गरेको छ । 

राष्ट्रपतिलाई अझ सुविधा दिनका लागि, बिलासी बनाउनका लागि गणतन्त्र ल्याइएको हो ? धनी मुलुकले सुहाउँदो गरिरहेको होला तर, हामी डेढ अर्बको हेलिकप्टर राष्ट्रपतिका लागि सधैँ प्रयोग गर्न सक्ने अवस्थामा छौँ त ? त्यसका कुनै तर्क छ ? 

 

‘हामी सबै मिलेर गणतन्त्र ल्यायौं । तर, जनताले त्यसको अनुभूत गर्न पाएनन् । राष्ट्रपतिलाई अझ सुविधा दिनका लागि, बिलासी बनाउनका लागि गणतन्त्र ल्याइएको हो ? धनी मुलुकले सुहाउँदो गरिहेको होला तर हामी डेढ अर्बको हेलिकप्टर राष्ट्रपतिका लागि सधैं प्रयोग गर्न सक्ने अवस्थामा छौं त ? त्यसका कुनै तर्क छ ? प्रहरी तालिम केन्द्र भत्काएर राष्ट्रपतिलाई हेलिकप्टर पार्किङ स्थल बनाउने भनिएको छ । 

राष्ट्रपति सडकमा हिँड्दा जनतालाई घण्टौं जाममा राखिन्छ । आकाशमा उड्दा पनि सर्वसाधारण चढ्ने जहाज घण्टौ होल्ड गरिन्छ । मन्त्री क्वाटर भत्काएर गेष्ट हाउस बनाउने रे । किन चाहियो नेपाल जस्तो देशमा अहिले ? यसरी रगत पसिना बगाएर ल्याएको गणतन्त्रप्रति बितृष्णा उब्जाउने काम सरकारले गर्दैछ ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *