काठमाडौं मल घोटाला काण्डः सुष्मा महराले भनिन्,‘गुण्डाहरुले मलाई मार्छन्’

 

काठमाडौं, २ जेठ । द काठमाडौं मल व्यापार संघले मलमा करोडौंको घोटाला भएको कुरा प्रमाणसहित बाहिर ल्याउँदापनि सरकारले अहिलेसम्म छानबिन गरि घोटालामा संलग्नहरुलाई कारबाही नगरेकोमा गुनासो पोखेको छ । 

संघले बिहीबार पत्रकार सम्मेलन गरि यस्तो गुनासो पोखेको हो । संघकी अध्यक्ष सुष्मा महराले मलमा भएको करोडौंको आर्थिक घोटालाबारे आफूहरुले सुरुवातदेखि नै आवाज उठाएको तर, सम्बन्धित सरोकारवाला निकायहरुले अहिलेसम्म यसबारेमा कुनै कारबाही नगरेकोमा आक्रोश पोखिन् । 

null

महराले आफूहरुले मलमा भएको ज्यादती र घोटालाबारे बोल्दा उल्टै घोटालामा संलग्न व्यक्तिहरुले गुण्डा लगाएर भौतिक आक्रमणसमेत गरेको सुनाईन् । ‘म माथि ज्यान मार्ने उद्देश्यले भौतिक आक्रमण नै भयो । तर, अहिलेसम्म यसबारेमा सरकारले केही कदम चालेन् । म कहाँ–कहाँ जान्छु रु भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ, अहिलेपनि मेरो ज्यानमाथि असुरक्षा छ ।’ भनिन् । 

त्यस्तै, उनले आफूसँग सहकार्य गरेर हिँडिरहेका पीडित व्यापारी साथीहरुलाई पनि गुण्डाहरुले दुःख दिने काम गरिरहेको जानकारी दिईन् । उनकाअनुसार दर्जनौं साथीहरु अहिलेपनि पीडामा छन् । ‘नयाँ व्यवसायी साथीहरुलाई आफ्नो साथमा लिएर मलमा घोटाला गर्ने गुण्डाहरु हिँडिरहेका छन् ।’ महराले मलमा देखिएको घोटालाबारे सञ्चयकोष बेखवरजस्तै बनेको पनि आरोप लगाईन् । 

‘अब जतिसक्दो चाँडो सञ्चय कोषले नयाँ वैज्ञानिक भाडादर कायम गरेर एग्रिमेन्ट गरिदिनुपर्छ । हामीले कम्तिमा पनि तीनदेखि पाँच वर्षसम्मको लागि सम्झौता कायम गर्नुपर्ने माग गर्दै आएका छौं ।’ नयाँ टेण्डर खोल्दापनि वैज्ञानिक भाडादर कायम गरिनुपर्ने उनको माग छ । 

आफूले सुरुवातदेखि नै घोटालाबारे बोल्दै आएको सुनाउँदै उनले आफूलाई ती घोटालामा संलग्न व्यक्तिहरुले एक दिने ज्यान मार्नेसम्मको खुलासा गरिन् । उनले भनिन्,‘मैले बोलेपनि÷नबोलेपनि मलाई ती गुण्डाहरुले मारिहाल्छन् । तर, म नबोलेर मर्नुभन्दापनि बोलेर मर्न चाहन्छु ।’ 

संघका सल्लाहकार उज्वलजंग शाहले पनि मलमा भएको विसंगतिका बारेमा बोल्दा उल्टै आफूहरुलाई भौतिक रुपमै आक्रमण भएकोमा दुःखेसो पोखे । आफूहरुले घोटालाबारे प्रमाणसहित सत्य कुरा बाहिर ल्याउँदा पनि सरोकारवाला निकायले कुनै चासो नदेखाएको पनि उनले गम्भिर आरोप लगाए । उनले भने,‘हामीमाथि आक्रमण गर्नेहरु अहिलेपनि खुलेआम हिँडिरहेका छन् । तीनीहरुले अहिलेपनि हामीलाई फोनबाट ज्यान मार्ने धम्की दिईरहेका छन् ।’ 

आफूहरुले आक्रमणलगत्तै किटानी जाहेरीको लागि प्रहरी प्रशासन धाउँदासमेत कुनै सुनुवाई र सहयोग नभएको पनि उनले दुःखेसो पोखे । मलमा घोटाला गर्नेहरुले राजनीतिक पहुँचको आधारमा व्यवसायीहरुलाई धम्क्याउने काम गरेको उनको भनाई छ । ‘हामीमाथि दिन प्रतिदिन भौतिक आक्रमण भैरहेपनि प्रहरी प्रशासन कारबाही गर्नुको साटो कानमा तेल हालेर बसेको छ ।’ 

मलमा व्यवसाय गर्दै आएकी अजिता सिटौलाले आफूहरुले मलमा भएको अनियमितताको बारेमा बोल्दा उल्टै धम्की खाईरहेको सुनाईन् । उनले सरकारले मलमा भएको आर्थिक घोटालाबारे यथाशिघ्र छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्ने र मलमा व्यवसाय गर्नेहरुलाई आगामी दिनमा पनि व्यवसायलाई निरन्तरता दिने वातावरण सिर्जना गर्नुपर्ने माग गरिन् । 

संघकी सदस्य अनिता बुढाथोकीले पनि मलमा भएको घोटालाबारे बोल्दा उल्टै ज्यान मार्न खोज्नु कानुनी राज्यको धज्जी उडाउने काम भएको टिप्पणी गरिन् । उनले भनिन्,‘व्यापार व्यवसाय गरिसकेपछि हिसाबकिताब सबै क्लियर हुनुपर्छ । हिसाब माग्नेले मागेपछि अरुले दिनुपर्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *