‘राष्ट्रपति देशको अभिभावक भएकोले ‘मेरो सरकार’ भन्नु स्वभाविक छ’ प्रधानमन्त्री

बैशाख २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गरेका छन् । हिजो शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढ्दा राष्ट्रपति भण्डारीले पटक पटक ‘मेरो सरकार’ भनेकोमा तीव्र आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै भएको भन्दै बचाउ गरेका हुन् । 

प्रधानमन्त्री ओलीले आज बालुवाटारमा पत्रकारहरुसँग ‘मेरो सरकार’ भन्ने अर्थलाई बृहत र सामुहिक अर्थमा बुझ्न आग्रह गरेका छन् । ‘मैले मेरो देश भन्छु । मैले मेरो देश भन्दा अरुको देश होइन भनेको हो र ?,’ प्रधानमन्त्रीले भने, ‘राष्ट्रपति देशको अभिभावक समेत भएकोले ‘मेरो सरकार’ भन्नु स्वभाविक हो ।’ ओलीले भने । 

 

null

उनले कुनै पनि व्यवस्थाको गरिमा हुने भन्दै छिचरा तर्कमा अल्झिनु ठिक नभएको तर्क गरे । प्रधानमन्त्रीले पत्रकारसँगको भेटघाटमा ‘मेरो सरकार’ भन्ने अर्थलाई सञ्चारमाध्यम र बौद्धिक बर्गले फराकिलो ढंगबाट बुझ्नुपर्ने जिकिर गरे । ‘मैले व्यक्तिगत कुरा गरिराखेको छैन । राष्ट्रप्रमुखको हैसियतमा यो सरकार राष्ट्रपतिकै हो, उहाँले ‘मेरो सरकार’ भन्दा आत्तिनु पर्दैन ।’ प्रधानमन्त्री ओलीले भने । 

उनले विश्वका कतिपय देशहरुमा समेत ‘मेरो सरकार’ भन्ने अभ्यास रहेको समेत जिकिर गरे । उनले छिमेकी मुलुक भारतमै पनि ‘मेरो सरकार’ भन्ने प्रचलन रहेको प्रष्ट पारे । ’टाढा नजाउँ, भारतमै पनि ‘माइ गर्भमेन्ट’ भन्ने चलन छ ।’ उनले भने । 

हिजो संसदमा राष्ट्रपति भण्डारीले सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्दा २१ पटक ‘मेरो सरकार’ भनेकी थिएन् । भण्डारीले संघिय संसदमा सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा संघिय संसदमै रहेका कतिपय सत्तारुढ र प्रतिपक्षका सांसदहरुले ‘मेरो सरकार’ शब्द प्रति ब्ंग्य गर्दै फेसवुक र ट्विटरमा पोस्ट गरेका थिए । त्यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु भण्डारीको ‘मेरो सरकार’का विरुद्ध खनिएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *